Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब फिल्ममा अभिनय देखाउन चाहन्छन् आशिरमान

फिल्मीखबर, काठमाडौं, 2021/08/04
 
फिल्म ‘ग्यांगस्टार ब्लूज’ बाट नायकको रुपमा डेब्यू गर्दैगर्दा आशिरमान देशराज जोशीको फिल्म क्षेत्रमा ठूलै हल्लाखल्ला थियो । धेरैले उनलाई आशलाग्दा नायकको रुपमा हेरेका थिए । अग्लो कद, चकलेटी लुक्सले फिल्ममा आउनुभन्दा अगावै युवापुस्तामा उनको गजबको क्रेज थियो । त्यसबेला धेरै युवतीले उनलाई आफ्नो ‘क्रस’ भन्दै हातमा उनको नामको मेहेन्दी समेत लगाए ।
 
तर, दुर्भाग्य ! उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । न फिल्मले नाफाको व्यापार गर्‍यो न त आशिरमानको अभिनय नै दर्शकले रुचाए । यसपछि उनले दोस्रो पटक निर्देशक हेमराज विसीकै फिल्म ‘द ब्रेकअप’ मा काम गरे । फिल्म बक्सअफिसमा अनमोल केसी अभिनीत ‘क्याप्टेन’ सँग भिड्यो । नाफा र तारिफ त दुवै फिल्मले कमाएनन् तर ‘द ब्रेकअप’ को हालत निकै खराब रह्यो । 
 
दुई फिल्मको असफलतापछि आशिरमानको फिल्म क्षेत्रमा चर्चा हुन छाडेको छ । न उनलाई नयाँ फिल्मबाट अफर भएको खबर मिडियामा चुहिएको छ न उनले नयाँ फिल्म नै साइन गरेका छन् । फिल्म सम्बन्धि कार्यक्रमहरुमा पनि उनलाई देखिन छाडेको छ । कोरोना महामारीअघि भने उनले अभिनेत्री स्वस्तिमा खड्कासँग ‘गल्ती’ बोलको गीतको म्यूजिक भिडियोमा काम गरेका थिए ।
 
दुई फिल्ममा नायकको रुपमा काम गरेर पनि अभिनयको प्रशंसा पाउन चुकेका आशिरमानले अब फिल्ममा अभिनय देखाउने इच्छा रहेको बताएका छन् । सोमवार प्रशारण भएको ‘मुन्द्रेको कमेडी क्लब’ मा उनले आफूले हिरो भएर काम गरिसकेकाले अब अभिनय देखाउन चाहेको बताए । यसको मतलब उनी आफूलाई अभिनयमा प्रमाणित गर्ने एउटा गतिलो फिल्मको खोजीमा छन् । 
Most Visited News (monthly)