Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म छायांकनमा सक्कली हातहतियार प्रयोग गर्न दिन निर्माता संघको माग

फिल्मीखबर, काठमाण्डौ, 2021/08/04
 
हलिउड/बलिउड जस्ता उद्योगमा फिल्म छायांकनको क्रममा सक्कलीभन्दा आकर्षक देखिने नक्कली हातहतियारको प्रयोग गरिन्छ । तर, नेपालमा यस्ता हतियारहरु प्रयोग गर्न प्रतिबन्ध भएकाले निर्माताहरु साधारण प्लास्टिकका खेलौनालाई फिल्ममा हतियारको रुपमा देखाउन बाध्य छन् । जसले गर्दा नेपाली फिल्मलाई हेर्ने नजर वालापनको जस्तो रहेको फिल्मकर्मी बताउँछन् ।
 
नेपाल चलचित्र निर्माता संघले फिल्म छायांकनका लागि आवश्यक पर्ने नक्कली तर सक्कली देखिने हातहतियार प्रयोग गर्ने वातावरण मिलाउन माग गर्दै प्रहरी प्रधान कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । मंगलवार संघका अध्यक्ष तथा फिल्म निर्देशक आकाश अधिकारीले प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामासँग भेट गरेर विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।
 
नेपालमा नक्कली हातहतियार आयात गर्ने कम्पनीलाई निश्चित परिधीभित्र राखेर राज्यबाट नियमित रुपमा सुपरिक्षेण र प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निगरानीमा त्यस्ता हातहतियारको प्रयोगलाई संस्थागत गरी छायांकनमा नक्कली प्लास्टिकका हातहतियार प्रयोग गर्ने वातावरण मिलाउन र प्रहरीकै निगरानीमा सक्कली हातहतियार प्रयोग गर्ने अनुमति दिन पनि संघले आग्रह गरेको छ । 
 
फिल्म छायांकनमा प्रहरी जवानको आवश्यकता परेको खण्डमा २५ देखि ५० प्रतिशत जवान उपलब्ध गराउनुका साथै प्रतिव्यक्ति ५ हजारबाट घटाएर १ हजार शुल्क कायम गर्न, छायांकनमा प्रहरीको भ्यानका लागि बुझाउनु पर्ने शुल्क घटाएर १ हजार वा १५ सय कायम गर्न पनि संघको माग छ । प्रहरी नायव महानिरीक्षक लामाले संघको माग पूरा गर्न प्रयास गर्ने आश्वासन दिएका छन् । 
 

Most Visited News (monthly)