Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीर र भंसालीको फेरि टिमअप

एजेन्सी, मुम्बई, 2021/08/04
 
निर्देशक सञ्जय लीला भंसालीको नयाँ फिल्म ‘बैजू बावरा’ केही समयदेखि चर्चामा छ । यस्तैमा उनले यो लभस्टोरी फिल्मका लागि अभिनेता रणवीर सिंहलाई फाइनल गरेका छन् । उनीभन्दा अगाडि रणबीर कपूर र कार्तिक आर्यनको नाम चर्चामा थियो । रणवीरलाई भंसालीले चौंथो पटक निर्देशन गर्न लागेका हुन् । यो जोडीको सहकार्य भएको फिल्म बक्सअफिसमा ब्लकबस्टर छन् ।
 
फिल्ममा रणवीर सिंह पक्का भएको जानकारी भने भंसालीको प्रोडक्सन हाउसले दिएको छैन । फिल्मको अझै केही काम बाँकी रहेकाले निर्माण टिमले तत्काल 'कास्ट एन्ड क्रियू' सार्वजनिक गर्न चाहेको छैन । रणवीरले भंसालीसँग फिल्म ‘राम लीला, बाजीराव मस्तानी र पद्मावत’ मा काम गरिसकेका छन् । भंसालीले फिल्म ‘हिरा मन्डी’ को छायांकन पूरा गरेपछि ‘बैजू बावरा’ थाल्नेछन् ।
 
यो फिल्मको अफर सबैभन्दा पहिला रणवीर कपूरलाई भएको थियो । तर, उनले भंसालीसँग काम गर्न अस्वीकार गरे । यसपछि अर्का अभिनेता कार्तिक आर्यनको नाम बाहिर आयो । किनकि, उनलाई कयौं पटक भंसालीको अफिस बाहिर मिडियाले भेटाएका थिए । तर, अब यो फिल्ममा रणवीर सिंहले काम गर्ने पक्का भएको छ । उनलाई ‘स्टार’ बनाउन भंसालीको ठूलो हात मानिन्छ । 
Most Visited News (monthly)