Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचा भन्छिन्, ‘मेरो वर्णको कारण मलाई फिल्मबाट हटाइन्थ्यो’

फिल्मीखबर, काठमाण्डौ, 2021/08/11
अघिल्लो पुस्ताकी अभिनेत्री ऋचा घिमिरे परिवारसहित अमेरिकामा बस्न थालेको आठ वर्ष नाघिसकेको छ । एक समय नेपाली फिल्ममा राम्रो उपस्थिति जनाएकी उनले आफू निर्मित तथा अभिनीत फिल्म ‘ब्रेकफेल’ बाट ठूलो घाटा भएपछि अमेरिकालाई कर्मथलो बनाउने निर्णय लिएकी थिइन् । निर्देशक शंकर घिमिरेसँँग विवाह गरेकी उनी तीन सन्तानकी आमा भइसकेकी छन् । 
 
केही वर्षको अन्तरालपछि ऋचा श्रीमानसँग एक महिनाका लागि अमेरिकाबाट नेपाल आएकी छन् । पारिवारिक भेटघाटपछि काठमाडौं फर्किएको यो जोडी यतिबेला सञ्चारमाध्यममा अन्तर्वार्ता दिन व्यस्त छ । मिडियाले आफूहरुलाई दिएको महत्त्व देखेर उनीहरु पनि कम दंग छैनन् । हरेक अन्तर्वार्तामा यो जोडीले अमेरिका पलायन हुनुको कारणबारे जवाफ दिन छुटाएको छैन । 
 
 
पत्रकार राज श्रेष्ठसँग टेलिभिजन अन्तर्वार्तामा अभिनेत्री ऋचा घिमिरेले फिल्म क्षेत्रमा फोहोरी राजनीति देखेपछि आफूले अमेरिका जाने निर्णय लिएको बताएकी छन् । फिल्म ‘ब्रेकफेल’ रिलिजको समयमा फिल्म क्षेत्रमा देखेको फोहोरी राजनीतिले आफूलाई अमेरिकामा सेटल हुनका लागि निर्णय लिन बाध्य बनाएको उनको भनाई छ । फिल्म क्षेत्रमा एकता नभएको पनि उनी बताउँछिन् ।
 
आफूमा कहिल्यै विदेश मोह नभएको उनको कथन छ । ऋचा भन्छिन्, ‘यदी मलाई विदेशको मोह हुन्थ्यो म धेरै अगाडि सेटल भइसकेको हुन्थेँ । म सन् २००९ मा अमेरिका जाँदा सिंगल थिए । त्यसबेला सेटल हुन झन् सजिलो हुन्थ्यो । तर, मैले त्यसो गरिनँ । मैले बनाएको फिल्म ‘ब्रेकफेल’ रिलिजको समयमा फिल्मकर्मीबाटै साथ नपाएपछि अमेरिका जाने निर्णय लिन बाध्य भएको थिएँ ।’
 
उनले आफू अमेरिकी सिटिजन लिने सोचमा नभएको बताएकी छन् । ‘हामीले जुन उद्देश्यका लागि ग्रिनकार्ड लिएका थियौं, त्यो पूरा भइरहेको छ । बच्चाका लागि शिक्षा, स्वास्थ्य नै हाम्रो उद्देश्य थियो, त्यो पूरा भएको भने किन सिटिजन लिने ?’, उनले भनेकी छन् । अमेरिकामा शिक्षा र स्वास्थ्य सबैको पहुँचमा भए पनि आफ्नो पन र आफन्तको माया नेपालमै रहेको उनको भनाई छ ।
 
अभिनयमा सक्रिय रहँदा वर्णका कारण पनि धेरै फिल्मबाट आफूलाई रिजेक्ट गरिएको उनी सुनाउँछिन् । ‘म पिक्चर परर्फेक्ट एक्ट्रेस होइन । अभिनेत्रीको जुन मानक बनेको छ त्यसमा मेरो केही म्याच हुँँदैन थियो,’ उनी अगाडि भन्छिन्, ‘मेरो वर्णको कारण मलाई फिल्मबाट रिजेक्ट गरिन्थ्यो, मेरो इनोसेन्ट अनुहार छैन भनेर पनि हटाइन्थ्यो । मैले फिल्ममा धेरै रिजेक्सन झेलेको छु ।’
Most Visited News (monthly)