Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लभ सर्कल’ गीतमा मुकुन-पवित्रा र नाजिर-रिस्ताको प्रेम

फिल्मीखबर, काठमाडौं, 2021/08/10
 
कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘लभ सर्कल’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘ओ मैयाँ’ बोलको सार्वजनिक गीतमा अंकित बाबु अधिकारी र विद्या तिवारीको संयुक्त आवाज रहेको छ । गीतमा गायक अधिकारीले नै संगीत भरेका छन् । गीतको भिडियोमा फिल्मका कलाकारहरु मुकुन भुषाल, पवित्रा आचार्य, नाजिर हुसेन र रिस्ता बस्नेत फिचर छन् । 
 
गीतले मुकुन र पवित्रा, नाजिर र रिस्ताबीचको प्रेमभाव व्यक्त गर्छ । उनीहरुको एक-अर्कासँगको मित्रतालाई पनि गीतमार्फत् देखाउन खोजिएको छ । कोरोनाका कारण सिनेमा हल बन्द भएकाले डिजिटल प्लेटफर्ममा रिलिज गर्न लागेको फिल्मको गएको हप्ता ट्रेलर सार्वजनिक भएको थियो । यो फिल्म साउन २९ गते डिस होमको च्यानल नम्बर ५५५ मा प्रदर्शनमा प्रदर्शन हुँदैछ ।
 
बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्ममा रबिन्द्र झा, सुमन कोइराला (दले दाई) को पनि मुख्य भूमिका रहेको छ । मि टिभीको प्रस्तुतिमा ओम प्रकाश अग्रवाल र रोशन पौडेलको संयुक्त निर्माण रहेको फिल्ममा अंकित बाबु अधिकारीको संगीत, अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी र साहिल खान/मिलन श्रेष्ठको सम्पादन छ ।
 
गीत हेर्नुहोस् :-
 

Most Visited News (monthly)