Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.67/5.00)
Text size:-
+
-

फेरि सुवर्णसँग मिलेर फिल्म बनाउँदै सौगात

फिल्मीखबर, काठमाडौं, 2021/08/26
 
कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि नेपाली फिल्म क्षेत्र कोमा छ । गत वर्ष ९ महिना बन्द भएर खुलेको फिल्म क्षेत्र चलायमान हुन नपाउँदै कोरोनाको दोस्रो लहर फैलिएसँगै फेरि बन्द भयो । गत बैशाखबाट जारी निषेधाज्ञा खुकुलो भएर भीडभाड हुने विभिन्न क्षेत्र खुलिसक्दा समेत फिल्म क्षेत्र खुल्ने अझै टुंगो लागेको छैन । यद्यपि, भित्रभित्रै फिल्मको काम भने भइरहेको छ । 
 
पहिलो चरणको लकडाउनपछि निर्देशक सुवर्ण थापाले अभिनेता सौगात मल्लसँग मिलेर फिल्म ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गरे । अहिले यो फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । यस्तैमा, सुवर्ण नयाँ फिल्मको तयारीमा जुटेका छन् । बिहीवार उनले आफ्नो फेसबुक स्टोरीमा स्क्रिप्टको एक तस्विर पोस्ट गर्दै नयाँ फिल्मको घोषणा गरेका हुन् । फिल्मको नाम ‘दंश’ जुराइएको छ ।
 
हालै फिल्मको स्क्रिप्ट लक भएको र लकडाउन नभएको खण्डमा दशैंपछि छायांकनमा निस्कने सुवर्णले बताए । सौगात मल्लको आदियोगी भिजन र सुवर्ण थापाको अमी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशकको भने टुंगो लागेको छैन । तर, सुवर्णले नै फिल्मको क्याप्टेनसिप सम्हाल्ने सम्भावना प्रवल छ । अहिलेसम्म फिल्मका लागि कलाकार पनि फाइनल भएका छैनन् ।
 
 
नयनराज पान्डेको स्टोरी र डाइलग रहेको फिल्मको स्क्रिनप्ले सुवर्ण स्वयंको हो । दोस्रो पटक सौगातसँग मिलेर फिल्म निर्माणमा गर्न लागेका सुवर्ण आफूहरुको सोच मिल्ने भएकाले निरन्तरता सहकार्य भएको बताउँछन् । उनी भन्छन्, ‘मैले सौगात मल्ललाई गुरुकुलको बेलादेखि चिनेको हुँ । हाम्रो सोच मिल्छ । फिल्मको बारेमा कुरा मिल्ने भएकाले पनि हामीबीच सहकार्य भएको हो ।’
Most Visited News (monthly)