Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शेरशाह’ मा कसको पारिश्रमिक कति ?

एजेन्सी, मुम्बई, 2021/08/25
 
करगिल वारका हिरो क्याप्टेन विक्रम बत्राको बायोपिक ‘शेरशाह’ लाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । गत हप्ता ओटीटी प्लेटफर्ममा रिलिज भएको फिल्म आइएमडिबीमा ८.९ रेटिङका साथ 'नम्बर वान' टप रेटेड हिन्दी फिल्म बनेको छ । पाकिस्तानमा समेत फिल्मको प्रशंसा भइरहेको छ । यो फिल्मबाट अभिनेता सिद्धार्थ मल्‍होत्राले अभिनयमा आफूलाई प्रमाणित गरेका छन् ।
 
यस्तैमा, फिल्मका कलाकारको पारिश्रमिकलाई लिएर खुलासा भएको छ । फिल्ममा सबैभन्दा बढी पारिश्रमिक सिद्धार्थ मल्‍होत्राले बुझेका छन् । ५ वर्ष अगाडिबाट निर्माण हुन सुरु भएको फिल्ममा उनले ७ करोड पारिश्रमिक पाएको बलिउड लाइफले उल्लेख गरेको छ । फिल्मका लागि लामो समय तालिम लिएका उनले बन्दुक चलाउन सिक्न र फिटनेशमा निकै मिहिनेत गरेका थिए ।
 
‘शेरशाह’ मा क्याप्टेन विक्रम बत्राको गर्लफ्रेन्ड डिम्‍पल चीमाको भूमिका अभिनेत्री कियारा आडवाणीले निर्वाह गरेकी छन् । यद्यपि, फिल्ममा उनको भूमिका त्यत्ति ठूलो भने छैन । खासगरी, फिल्मको क्‍लाइमेक्‍स सिनमा उनको अभिनयले दर्शकलाई भावुक बनाउँछ । फिल्ममा उनले ४ करोड पारिश्रमिक बुझेको बताइएको छ । उनले यो फिल्म ‘कबीर सिंह’ भन्दा अगाडि गरेकी थिइन् ।
 
त्यस्तै, मेजर अजय सिंह जसरोटियाको भूमिकामा रहेका निकितन धीरले ३५ लाख, लेफ्ट‍िनेन्ट सञ्जीव जिम्‍मी जामवालको भूमिका निर्वाह गरेका श‍िव पन्डितले ४५ लाख, विक्रम बत्राको पिता जीएल बत्राको भूमिकामा अभिनय गरेका पवन कल्‍याणले ५० लाख र क्याप्टेन विक्रम बत्राको साथी सुबेदार बन्सी लालको भूमिका निभाएका अनिल चरणजीतले २५ लाख पारिश्रमिक बुझेका थिए ।
Most Visited News (monthly)