Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नवल खड्काको ‘काँडेतार’ मा गौरव अनुबन्ध

फिल्मीखबर, काठमाडौं, 2021/08/25
 
भारत र नेपालको सिमानामा काँडेतार लगाउनुपर्ने आवाज उठाउँदै आएका निर्देशक तथा कलाकार नवल खड्काले ‘काँडेतार’ नाममा फिल्म निर्माण गर्ने भएका छन् । कोरोना महामारी सामान्य भएको खण्डमा आउँदो तिहारपछि छायांकनमा निस्कने तयारीमा रहेको फिल्मलाई नवलले शंकर कार्कीसँग मिलेर निर्देशन गर्देछन् । फिल्ममा उनी स्वयंको अभिनय र निर्माण रहनेछ । 
 
मंगलवार (हिजो) निर्देशक खड्काले फिल्मका लागि मुख्य नायकमा गौरव पहारीसँग कागजी सम्झौता गरेका छन् । गत महिना फिल्म ‘लाइफ इन एलए’ को छायांकन सकेका गौरवले राष्ट्रियताको विषयमा निर्माण हुन लागेको फिल्ममा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे । फिल्ममा उनले नेपाल र भारत सीमा क्षेत्रमा बस्ने एक विद्रोही युवाको भूमिका निर्वाह गर्ने जानकारी प्राप्त छ । 
 
फिल्मको बारेमा निर्देशक खड्काले भने- ‘नेपाल-भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय फिल्मले उठाउनेछ । यसले माटो र मान्छेको मात्र संरक्षण मात्र गर्दैन, असल छिमेकीसँगको सद्भावलाई पनि कायम राख्छ भन्ने फिल्मको भाव हो । फिल्मको विषयवस्तुले राष्ट्रलाई पनि झकझकाउने छ ।’ उनले यसअघि पनि सीमा क्षेत्रको समस्यामा फिल्म ‘दशगजा’ निर्माण गरेका थिए । 
Most Visited News (monthly)