Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वरुणकी भतिजीलाई फिल्ममा डेब्यू गराउँदै करण

एजेन्सी, मुम्बई, 2021/08/26
 
सन् २०१२ मा रिलिज भएको फिल्म ‘स्टू़डेन्ट अफ द ईयर’ बाट वरुण धवनलाई अभिनेताको रुपमा डेब्यू गराएका बलिउड निर्माता करण जोहरले अब वरुणकी भतिजी अन्जिनी धवनलाई इन्डस्ट्रीमा लञ्च गर्ने तयारी थालेका छन् । अन्जिनी, निर्देशक डेविड धवनका भाई अनिल धवनका छोरा सिद्धार्थ धवनकी छोरी हुन् । आफ्नो डेब्यू फिल्मका लागि उनले तयारी सुरु गरिसकेकी छन् । 
 
आफ्नो डेब्यूलाई परफेक्ट बनाउन उनले क्लासिकल र वेस्टर्न डान्सको तालिम लिन सुरु गरेको भारतीय अनलाइन बलिउड भाष्करले उल्लेख गरेको छ । धर्मा प्रोडक्सनको फिल्मका अलावा उनलाई अरु पनि फिल्मबाट अफर आएको थियो । तर, उनले प्रतिष्ठित ब्यानरको फिल्म पर्खिरहेकी थिइन् । २०२२ मा फिल्मको छायांकन थालेर २०२३ मा रिलिज गर्ने करणको योजना छ ।
 
‘स्टू़डेन्ट अफ द ईयर’ बाट डेब्यू गर्नुअघि वरुण धवनले करण जोहरको फिल्म ‘माइ नेम इज खान’ मा सहायक निर्देशक भएर काम गरेका थिए । अन्जिनीले पनि उनकै बाटो पछ्याएकी छन् । गत वर्ष रिलिज भएको ‘कूली नं वान’ मा उनले डेविड धवनलाई निर्देशनमा सघाएकी थिइन् । सोसल मिडियामा सक्रिय रहने गरेकी उनी जान्हवी कपूरकी बहिनी खुशी कपूरकी मिल्ने साथी हुन् ।
Most Visited News (monthly)