Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6439 - 6444 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2021-09-27, सोमवार

कोरोना महामारीले संसारमै यदी कुनै व्यवसायलाई चौपट बनाएको छ भने त्यो फिल्म उद्योग हो । कोरोनाका कारण हलिउड र बलिउड जस्ता संसारका ठूला फिल्म उद्योगहरु महिनौंसम्म बन्द भए । नेपालको फिल्म इन्डस्ट्रीलाई त कोरोनाले १० वर्ष पछाडि धकलेको छ । पछिल्लो समय संक्रमण केही मत्थर हुँदै गएपछि विश्वको फिल्म उद्योग आफ्नो लय समात्न संघर्ष गरिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-09-26, आईतवार

कोरोना महामारीका कारण लामो समय बन्द रहेका सिनेमा हललाई गत महिना जिल्ला प्रशासन कार्यालयले सञ्चालनको अनुमति दिए पनि प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा हलहरु बन्दै छन् । हल व्यवसायी र वितरकहरुको संस्था नेपाल चलचित्र संघले लामो समयदेखि निरन्तर फिल्म रिलिजका लागि लाइनअप बनाउन विभिन्न पक्षसँग छलफल गरेपनि उपलब्धि ‘हातमा लाग्यो शून्य झैँ’ भएको छ । 

एजेन्सी, मुम्बई, 2021-09-26, आईतवार

पछिल्लो केही समयदेखि तेलुगू फिल्मकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यको बैबाहिक जीवनमा संकटमा रहेको खबर आइरहेको छ । उनीहरुले ६ अक्टोबर २०१७ मा विवाह गरेका थिए । विवाहअघि उनीहरु ७ वर्ष प्रेम सम्बन्धमा थिए । तर, विवाह बन्धनमा बाँधिएको ४ वर्षमा नै उनीहरुको सम्बन्धमा दरार आएको छ । अहिले यो जोडी छुट्टा-छुट्टै बस्दै आएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-09-26, आईतवार
नेपाली निर्माताहरुको सधैं एउटा गुनासो हुने गर्छ- ‘हल व्यवसायी र वितरकले विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गरे ।’ हुन पनि, हलिउड र बलिउडका ठूला फिल्म रिलिज हुँदा नेपाली फिल्मलाई हल पाउनै मुश्किल हुन्थ्यो । यसले गर्दा पनि नेपाली निर्माताहरु विदेशी फिल्मसँग भिड्ने आँटै गर्दैनन् । अर्कोतिर, दर्शकको रोजाईमा पनि नेपाली फिल्म पर्ने गरेको छैन । 
फिल्मीखबर, काठमाडौं, 2021-09-26, आईतवार

कोरोना महामारीको लहर नेपालसम्म नआएको हुन्थ्यो भने फिल्म ‘प्रेम गीत ३’ बाट नायकको रुपमा डेब्यू गरेका मनिष राउतको कामको मुल्यांकन भइसकेको हुने थियो । तर, कोरोनाले गर्दा निर्माण सकिएको दुई वर्ष भइसक्दा पनि फिल्म प्रदर्शनमा आउन सकेको छैन । यस वर्ष पनि फिल्म रिलिज हुने सम्भावना न्यून छ । २०७६ चैत २८ गते फिल्म प्रदर्शनमा आउने तयारीमा थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2021-09-25, शनिवार

ठूलो पर्दासम्मको बाटो तय गर्न सुन्दरी प्रतियोगिता एउटा राम्रो प्लेटफर्म बन्ने गरेको छ । मिस नेपाल लगायतका प्रतियोगितामा मुख्य उपाधि जितेका धेरै सुन्दरीहरु नेपाली फिल्ममा नायिका बनेका छन् । सृष्टि श्रेष्ठ, मलिना जोशी, निकिता चाण्डक, झरना बज्राचार्य लगायत यसका उदाहरण हुन् । तर, सुन्दरी प्रतियोगिताबाट आएका एकाधले मात्र फिल्ममा सफलता पाएका छन् ।

Results : 6439 - 6444 of 23769
Most Visited News (monthly)