
फिल्ममा गीतको भूमिका महत्त्वपूर्ण हुने गरेको छ । फिल्ममा गीतसंगीतले कथावाचनको काम गर्छ । तर, पछिल्लो समय नेपाली फिल्ममा समावेश हुने गीत कथाको मागभन्दा पनि दर्शकलाई हलसम्म आकर्षित गर्नका लागि राखिने गरेको पाइन्छ । गीत चल्यो भने त्यसको फाइदा फिल्मको व्यापारमा पर्ने विश्वास फिल्मकर्मीहरुमा छ । यसैले अचेल फिल्ममा गीत अनिवार्य झैँ बनेको छ ।

अघिल्लो पुस्ताका दुई सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीबीच सुमधुर सम्बन्ध कायम छ । ‘चिनो, राजु राजा राम, संकल्प, सपना’ लगायतका फिल्ममा एकसाथ काम गरेका उनीहरुलाई एक समय एकअर्काका प्रतिस्पर्धी समेत भन्ने गरिन्थ्यो । तर, यसको असर उनीहरुको व्यक्तिगत सम्बन्धमा कहिल्यै परेन । आज पनि यी दुई सुपरस्टारले एकअर्कालाई साथ र सहयोग गर्दै आएका छन् ।

पोर्नोग्राफी मामलामा जेल जीवन विताइरहेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई ६० दिनपछि जमानत मिलेको छ । मुम्बई कोर्टले उनको जमानत निवेदनमा निर्णय गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो । विजनेशम्यान कुन्द्रा ५० हजार धरौटी तिरेर छुटेका हुन् । उनले अश्लील (पोर्न) फिल्म भारतमै बनाएर विदेशको सःशुल्क एपमा रिलिज गरेको आरोप छ ।

पुराना निर्देशक शम्भु प्रधान निर्देशित फिल्म ‘रंग बैजनी’ बाट नायकको रुपमा डेब्यू गरेका दिक्पाल कार्कीले सन् २०१६ मा दोस्रो फिल्मको रुपमा ‘च्याम्पियन’ मा काम गरे । तर, दुवै फिल्मले असफलता भोगेपछि मोडलिङ र म्यूजिक भिडियोमा व्यस्त रहेका उनी ६ वर्षपछि फिल्ममा फर्किएका छन् । आइतवारबाट छायांकन सुरु भएको फिल्म ‘अञ्जली’ मा उनको प्रवेश भएको हो ।

नेपाली फिल्म इन्डस्ट्रीमा कलाकारलाई दिइने पदवीले बेला-बखतमा ठूलै हलचल ल्याउने गरेको छ । वर्षौं अगाडि नेपाल चलचित्र प्राविधिक संघले आफ्नो अवार्ड समारोहमा सुपरस्टार राजेश हमाललाई ‘महानायक’ को उपाधि दियो । तर, उनी यो उपाधिको हकदार नभएको भन्दै लामो समयदेखि बहस हुँदै आएको छ । दर्शकको ठूलो जमातले भने उनलाई ‘महानायक’ मान्ने गरेको छ ।

एक समयका सफल निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ को यही असोज २६ गते (घटस्थापना) लाई प्रदर्शन मिति घोषणा गर्दै पहिलो गीत सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ‘काट्दिम्ला जुँगा जम्मै’ बोेलको गीत सार्वजनिक गरिएको हो । गीतमा स्वर्गीय खेमराज गुरुङ र गायिका रिमा गुरुङ होडाको स्वर रहेको छ ।

