
अभिनेता सलोन बस्नेतले अभिनयमा आफूलाई पटक-पटक प्रमाणित गरिसकेका छन् । बाल कलाकारको रुपमा होस् वा पछिल्लो समय नायकको रुपमा नै किन नहोस्, उनले आफ्नो अभिनय कलाबाट दर्शकको मन जितेका छन् । आफ्नै भरमा फिल्म चलाउन सक्ने स्टारडम बनाउन नसके पनि फिल्म हेर्न सिनेमा हलसम्म आएका दर्शकहरुलाई बाँधेर राख्न उनी एक्लै काफी मानिन्छन् ।

विश्वमै हेर्ने हो भने नाम कहलिएका कलाकारहरुले राजनीतिमा समेत आफ्नो उपस्थिति जनाएका छन् । छिमेकी बलिउडमै सनी देओलदेखि शत्रुघन सिन्हासम्मले राजनीतिमा आफूलाई अब्बल ठहराएका छन् । नेपाली फिल्मका केही कलाकारहरु पनि राजनीतिमा सक्रिय छन् । तर, अभिनयमा जस्तो वाहवाही र सफलता राजनीतिमा हासिल गरेका उदाहरण भने ज्यादै कम छन् ।

फिल्म क्षेत्रमा दुश्मनी र मित्रता दिगो हुँदैन भन्ने गरिन्छ । वर्षौदेखिको मित्रता दुश्मनीमा बदलिएको र दुश्मनी क्षणभरमै मित्रतामा बदलिएका यहाँ कयौं उदाहरण छन् । अभिनेता आकाश श्रेष्ठ र निर्देशक मिलन चाम्सबीच पनि केही समय अगाडिसम्म ‘पानी बारबार’ को सम्बन्ध थियो । आकाशले फिल्म ‘वीर विक्रम २’ बाट हात झिकेपछि मिलन उनको नाम समेत सुन्न चाहँदैन थिए ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि गत बैशााखमा देशभरका जिल्ला प्रशाासन कार्यालयहरुले सिनेमा हललाई अनिश्चितकालका लागि सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । जसअनुरुप करीब चार महिना हल बन्दै रहे । गत महिना काठमाडौंसहित देशका विभिन्न जिल्लाका प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सिनेमा घर खोल्न अनुमति दिएको छ ।

गत १९ अगस्टमा प्रदर्शन भएको अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘बेल बटम’ ले सुरुवाती दिनमा बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेको थिएन । तर, रिलिजको एक महिना पूरा हुँदै गर्दा फिल्मले ठूलो रेकर्ड आफ्नो नाम गरेको छ । कोभिडपछि सिनेमा हलमा प्रदर्शन भएका फिल्ममध्ये स्वदेश (भारत) मा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड ‘बेल बटम’ ले बनाएको हो ।

अभिनेता पुष्प खड्का एकपटक फेरि मल्टीस्टारर फिल्ममा काम गर्ने तयारीमा छन् । उनले गत महिना सम्झौता गरेको फिल्म ‘एक्स ९’ मा सौगात मल्लदेखि अनमोल केसीसम्मको अभिनय रहनेछ । अहिले फिल्मका कलाकारहरु जिममा पसिना बगाइरहेका छन् । फिल्ममा तेक्वान्दो शैलीको एक्सन सिक्वेन्स हुने भएकाले पुष्प, सौगात र अनमोलले आफ्नो शरीरलाई ‘हेभी’ बनाउनु पर्नेछ ।

