Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन विग्रियो सामन्था र नागाको सम्बन्ध ?

एजेन्सी, मुम्बई, 2021/09/26
 
पछिल्लो केही समयदेखि तेलुगू फिल्मकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यको बैबाहिक जीवनमा संकटमा रहेको खबर आइरहेको छ । उनीहरुले ६ अक्टोबर २०१७ मा विवाह गरेका थिए । विवाहअघि उनीहरु ७ वर्ष प्रेम सम्बन्धमा थिए । तर, विवाह बन्धनमा बाँधिएको ४ वर्षमा नै उनीहरुको सम्बन्धमा दरार आएको छ । अहिले यो जोडी छुट्टा-छुट्टै बस्दै आएको छ ।
 
उनीहरुको बैबाहिक सम्बन्ध विग्रनुको कारण सामन्थाको फिल्म र करिअरप्रतिको प्रेम रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । विवाहपछि पनि उनी अभिनयमा सक्रिय छिन् । उनले बेला-बखतमा बोल्ड फोटोसुट पनि गर्ने गरेकी छन् । जुन उनका पति नागा चैतन्य र उनका ससुरा नागार्जुनलाई मन परेको छैन । उनीहरुले सामन्थालाई अभिनय छाड्न दबाब दिने गरेको बताइन्छ ।
 
सामन्था र नागाको सम्बन्धमा दरार आउनुको अर्को ठूलो कारण सामन्थाले वेब सिरिज ‘फेमिली म्यान २’ मा निर्वाह गरेको बोल्ड चरित्रलाई मानिएको छ । केही दिनअघि उनीहरुले फेमिली कोर्टमा गएर वकिललाई भेटेका थिए । यो जोडीले ‘मजिली, अटोनगर सूर्या, ये माया चेसावे’ लगायतका फिल्ममा एकसाथ काम गरेका छन् । फिल्ममा काम गर्ने समयमा उनीहरुबीच प्रेम डुबेका थिए ।
Most Visited News (monthly)