Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संवादविहीन ‘रुदाने’ टिजर

फिल्मीखबर, काठमाडौं, 2021/09/30
 
‘थाहा’ आन्दोलका प्रणेता स्वं. रुपचन्द्र विष्ट ‘रुदाने’ को जीवनीमा आधारित भएर निर्माण भएको फिल्म ‘रुदाने : विद्रोहको नेपाली नाम’ को टिजर सार्वजनिक भएको छ । २ मिनेट ३३ सेकेण्ड लामो टिजरमा रुपचन्द्र विष्टको चरित्र-चित्रण गरिएको छ । टिजर संवादविहीन छ । फिल्ममा दिव्य देवले रुपचन्द्रको भूमिका निभाएका छन् । यो फिल्म चार वर्ष अगाडि नै निर्माण भएको थियो । 
 
अमित किशोर सुवेदी र विकास ढकालको लेखन तथा निर्देशन रहेको फिल्ममा नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा जागृत रायमाझी कार्यकारी निर्माता र भानुभक्त थापा सह-निर्माता छन् । शान्ता राओको छायांकन, निमेश श्रेष्ठको सम्पादन र जेसन कुँवरको संगीत रहेको फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन । 
 
को हुन्  ‘रुदाने’ ? 
 
बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीको कोखबाट वि.स. १९९० पौष २६ मा मकवानपुरमा जन्मिएका उनी चेतना फैलाउने जनबादी नेता थिए । उनले ०२९ र ३० सालतिर ‘थाहा’ आन्दोलन सुरू गरेका थिए । उनी चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्म ‘थाहा’ लेख्दै हिँड्थे । उनी २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य समेत भएका थिए ।
 
उनले तीन दशक ‘थाहा’ आन्दोलनको नेतृत्व गरे । यस आन्दोलनको उद्देश्य थियो, ‘चेतनाहीन जनताको चेतनासम्पन्न नागरिकमा रूपान्तरणमार्फत राजनैतिक र सामाजिक जागरण ल्याउनु ।’ जीवनको उतार्धमा उनले सहयोगीहरुलाई आफ्नो मृत शरीरमा अविर-माला नलगाउन, काजक्रिया नगर्न र लासको राजनीति नगर्न भनेका थिए । उनको मृत्यु २०५६ असार ७ गते भएको थियो ।
 
टिजर हेर्नुहोस् :-
 

Most Visited News (monthly)