Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चकलेटी इमेज बदल्ने प्रयासमा रणबीर

एजेन्सी, मुम्बई, 2021/09/30
 
अभिनेता रणबीर कपूर आफ्नो नयाँ फिल्म ‘शमशेरा’ का कारण चर्चामा छन् । भारतीय मिडियाका अनुसार, फिल्ममा उनी पिता र छोराको भूमिका (डबल रोल) मा देखिनेछन् । दुवै चरित्रमा फरक देखिन मेकअपको साहरा लिइएको छ । लभस्टोरी फिल्ममा सर्वाधिक रुचाइएका उनले यो फिल्ममा हार्डकोर एक्सन गरेका छन् । अर्थात् उनले आफ्नो चकलेटी इमेज बदल्न खोजेका छन् । 
 
मुम्बईस्‍थित फिल्‍मसिटीमा एक्सन सिक्वेन्स, लदाखमा दश दिनसम्म गीत छायांकन र कमालिस्‍तान स्‍टूडियोमा फिल्मको क्लाइमेक्स खिचिएको छ । फिल्‍मको एक्सन सिनमा १८औं शताब्दीका हातहतियार प्रयोग गरिएको छ भने कमालिस्‍तान स्‍टूडियोमा ५ सय जूनियर कलाकारको उपस्थितिमा एक्सन सिन फिल्मांकन गरिएको हो । फिल्‍ममा घोडा सवारीको क्रममा फाइट सिन धेरै छन् ।
 
‘शमशेरा’ मा सञ्जय दत्त हार्डकोर भिलेनको भूमिकामा देखिँदैछन् । उनको चरित्रको नाम शुद्ध‍ सिंह हो । उनको चरित्रको नाममा शुद्धता भए पनि उनको सोच भने सामन्ती किसिमको छ । यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा अभिनेत्री वाणी कपूरको पनि अभिनय छ । करण मल्होत्रा निर्देशित यो फिल्म २०२२ मार्च १८ तारिख (फागु पूर्णिमा) देखि प्रदर्शन हुनेछ ।
Most Visited News (monthly)