.jpg)
अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान इन्डस्ट्रीका सबैभन्दा पपुलर किड्स हुन् । उनलाई खेलकुदप्रति एकदमै रुची छ । तर, अब उनले इन्डस्ट्रीमा पाइला राख्ने भएका छन् । उनले फिल्ममा नायकको रुपमा नभइ असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गर्न लागेका हुन् । सैफले एक अन्तर्वार्तामा छोरा इब्राहिमलाई हिरो नभइ निर्देशक बन्ने इच्छा रहेको बताएका थिए ।
इब्राहिमले निर्देशक तथा निर्माता करण जोहरलाई नयाँ फिल्म ‘रक्की और रानी’ मा असिस्ट गर्नेछन् । करणले केही समय अगाडि यो फिल्मको निर्माण घोषणा गरेका हुन् । फिल्ममा आलिया भट्ट र रणवीर सिंहको जोडी एकपटक फेरि देखिनेछन् । धर्मेन्द्र, शबाना आजमी र जया बच्चनको पनि फिल्ममा मुख्य भूमिका रहनेछ । फिल्मको यसै वर्ष छायांकन थाल्ने तयारीमा करण छन् ।
बलिउडका प्रायः स्टार किड्सले फिल्ममा नायक वा नायिकाको रुपमा डेब्यू गर्नुभन्दा अगाडि असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गर्ने गरेका छन् । वरुण धवनदेखि आलिया भट्टसम्मले पहिला यही गरेका हुन् । अब सैफका छोराले पनि असिस्टेन्ट डाइरेक्टर भएर फिल्ममा काम गर्दैछन् । तर, अरु स्टार किड्स जस्तो उनलाई अभिनयप्रति कुनै रुची छैनन् । उनी निर्देशक बन्न चाहन्छन् ।

