Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नागा र सामन्थाले गरे अलग हुने निर्णय

एजेन्सी, मुम्बई, 2021/10/02
 
विगत केही समयदेखि साउथ सुपरस्टार नागा चैतन्य र उनकी श्रीमती तथा साउथ अभिनेत्री समान्था अक्किनैनीबीच डिभोर्सको खबर लगातार रुपमा आइरहेको छ । यसबीच, समान्थाले शनिवार एक आधिकारिक बयान जारी गर्दै आफूहरुबीच डिभोर्स हुन लागेको कुरामा लालमोहर लगाएकी छन् । उनले प्रशंसक र मिडियाकर्मीसँग यो विषयमा प्राइभेसी दिन पनि आग्रह गरेकी छन् । 
 
उनले इन्स्टामा लेखेकी छन्, ‘हाम्रा सबै शुभचिन्तकका लागि कयौं विचार विमर्शपछि म र चाई (नागा चैतन्य) ले पति-पत्नीको रुपमा अलग हुने निर्णय गरेका छौं । हामी भाग्यशाली छौं कि एक दशकभन्दा लामो मित्रता हाम्रो सम्बन्धको मुल हिस्सा थियो र हामीलाई विश्वास छ कि हामीबीच सधैं एक विशेष सम्बन्ध रहनेछ ।’ नागासँग उनको गएको चार वर्ष अगाडि विवाह भएको थियो ।
 
लामो समयदेखि उनीहरुको सम्बन्ध राम्रो नभएको खबर आइरहे पनि नागा र समान्थाले मौनता साँधेर बसेका थिए । डिभोर्सपछि जीवन चलाउन नागाको तर्फबाट समान्थालाई ५० करोड मिल्नेछ । उनीहरुले २०१७ अक्टूबर ६ मा १० करोड खर्च गरेर गोवामा विवाह गरेका थिए । विवाहअघि उनीहरु ७ वर्ष प्रेम सम्बन्धमा थिए । तेलुगू इन्डस्ट्रीमा उनीहरुलाई ‘आदर्श जोडी’ भन्ने गरिन्थ्यो ।
 
सामन्था र नागाको पहिलो भेट सन् २००९ मा रिलिज भएको फिल्म ‘ये माया चेसावे’ सुटिङ सेटमा भएको थियो । यो जोडीले ‘मजिली, अटोनगर सूर्या, ये माया चेसावे’ लगायतका फिल्ममा एकसाथ काम गरेका छन् । फिल्ममा काम गर्ने समयमा उनीहरुबीच प्रेम अंकुराएको थियो । अहिले यी दुवैको फिल्मी करिअर उत्कर्षमा छ । नागा तेलुगू सुपरस्टार अक्किनेनी नागार्जुनका छोरा हुन् ।
 
Most Visited News (monthly)