Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पशुपतिमा पूजापछि अनुपमले भने- ‘हिन्दूको धर्मस्थानमा आउन पाउँँदा खुसी छु’

फिल्मीखबर, काठमाण्डौ, 2021/10/05
 
बलिउडका महान हस्ती अनुपम खेर दोस्रो पटक नेपाल आएका छन् । फिल्म ‘उचाइँ’ को छायांकनका लागि आइतवार विहान काठमाडौं ओर्लिएका उनले मंगलवार विहान पशुपतिनाथमा पूजा गरेका छन् । पूजा गरेर फर्किने क्रममा पशुपतिनाथ परिसरमा एक भिडियो बनाउँदै उनले हिन्दूको धर्मस्थानमा आएर पूजाआजा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताएका छन् । 
 
उनले भनेका छन्, ‘मैले आफूलाई भाग्यमानी ठानेको छु कि आज काठमाडौंमा रहेको चर्चित पशुपतिनाथमा दर्शन गर्ने सौभाग्य पाएँ । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । हिन्दूको धर्मस्थानमा आएर पूजा गर्न पाउँदा मलाई एकदमै खुसी महशुस भएको छ । हजारौं वर्ष पहिले यस्ता मन्दिरहरुको स्थापना भएको थियो, जहाँ आउन पाउँदा मनलाई शान्ति मिल्छ ।’
 
उनी यसअघि २०७१ सालमा कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी र मजदुरका सन्तानलाई सहयोग जुटाउन आयोजित च्यारिटी शोमा सहभागी हुन नेपाल आएका थिए । ‘उचाइँ’ को छायांकनका लागि अनुपम खेर ४० दिनसम्म नेपालमा बस्नेछन् । आइतवार उनीसहित निर्देशक सूरज बडजात्या, कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, सारिका हसन काठमाडौं आइपुगेका हुन् ।
 
यो फिल्ममा अमिताभ बच्चनको पनि मुख्य भूमिका छ । तर, उनी भने नेपाल आएका छैनन् । स्वास्थ्य अवस्थाका कारण उनलाई परिवारले चिसो ठाउँमा पठाउन नमानेपछि उनीबाहेकको टिम नेपाल आएको हो । ‘उचाइँ’ को अधिकांश छायांकन हिमाली क्षेत्रमा गर्नुपर्ने भएकाले निर्देशक बडजात्याले नेपाललाई रोजेका हुन् । फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ क्षेत्रमा खिचिनेछ । 
 
Most Visited News (monthly)