Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहरुखका छोराले बयानमा भने- ‘बुबासँग भेट्न पनि अपोइन्टमेन्ट लिनुपर्छ’

एजेन्सी, मुम्बई, 2021/10/05
 
आइतवार मुम्बईको समुद्री किनारमा क्रुज सिपमा भएको एक रेब पार्टीमा छापा मार्ने क्रममा पक्राउ परेका बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान ७ अक्टोबरसम्म नारकोटिक्स कन्ट्रोल ब्यूरो (NCB) को हिरासतमा रहनेछन् । सोमवार एनसिबीसँगको सोधपुछमा आर्यनले पिताको व्यस्त सेड्युलका कारण उनीसँग भेट्न म्यानेजर पूजासँग अपोइन्टमेन्ट लिनुपर्ने खुलासा गरेका छन् । 
 
शाहरुख खान अहिले आफ्नो केही नयाँ प्रोजेक्टमा काम गरिरहेका छन् । जसका कारण उनको सेड्युल एकदमै टाइट हुने गरेको छ । यस्तोमा उनलाई भेट्न सन्तानले पनि म्यानेजरसँँग भनेर अपोइन्टमेन्ट लिनुपर्ने हुन्छ । आर्यनले एनसिबीसँगको बयानको क्रममा आफूले विदेशबाट फिल्ममेकिङ कोर्स गरेको पनि बताएका छन् । २३ वर्षिय उनी शाहरुख खानका पहिलो सन्तान हुन् । 
 
लागू औषध मुद्दामा पक्राउ परेका आर्यनसहित ८ जनामाथि एनसीबीले ड्रग्स खरिद, बिक्री र प्रयोग गरेको आरोप लगाएको छ । नारकोटिक्स ब्यूरोले आइतवार मारेको छापाबाट १३ ग्राम कोकेन, २१ ग्राम चरस, २२ एमडीएमएका चक्की र ५ ग्राम एमडी फेला पारेको थियो । आर्यनले रेब पार्टीमा आफूले ड्रग्स सेवन गरेको स्वीकार गरे पनि ड्रग्स किनेको कुरा भने नकारेको बताइएको छ । 
Most Visited News (monthly)