Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महेश बाबू र नम्रता शिरोडकरको रोचक प्रेमकथा

एजेन्सी, मुम्बई, 2021/10/21
 
साउथ सुपरस्टार महेश बाबू र उनकी श्रीमती नम्रता शिरोडकरको प्रेमकथा कुनै फिल्मको कथाभन्दा कम रोचक छैन । २००५ फेब्रअरी १० मा उनीहरुले सँगै बाँच्ने सँगै मर्ने कसम खाएका थिए । अर्थात् विवाह बन्धनमा बाँधिएका थिए । उनीहरु साउथ इन्डस्ट्रीको 'आदर्श' जोडी हुन् । उनीहरुको लभस्टोरी निकै रोचक छ । पहिलो भेटमा नै नम्रताको प्रेममा डुबेका थिए, महेश बाबू ।
 
बलिउड डेब्यूपछि जब नम्रता शिरोडकरले साउथ फिल्म इन्डस्ट्रीमा पाइला अगाडि बढाइन् तब उनले पहिलो फिल्म नै महेश बाबूको साथमा साइन गरेकी थिइन् । त्यो फिल्म थियो, ‘वामसी’ । यही फिल्मको मुहूर्त समारोहमा उनीहरुबीच पहिलो पटक भेटघाट र चिनजान भएको थियो । नम्रताले सन् १९९९ मा रिलिज भएको फिल्म ‘कच्चे धागे’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।
 
पूर्व मिस इन्डिया यूनिवर्स रहेकी नम्रता शिरोडकर श्रीमान् महेश बाबूभन्दा ४ वर्ष जेठी छन् । तर, उनीहरुको प्रेममा कहिल्यै उमेर बाधा बनेन । महेश बाबूले नम्रतासँगको आफ्नो प्रेम सबैभन्दा पहिला दिदीलाई भनेका थिए । यसपछि नै उनीहरुको विवाहको तयारी सुरु भएको थियो । तर, उनीहरुले विवाह गर्नुभन्दा अगाडिसम्म आफूहरुको प्रेमलाई मिडियाबाट लुकाएर राखेका थिए ।
 
नम्रता शिरोडकरले जब महेश बाबूसँग विवाह गरिन् तब उनले फिल्मी करिअर छाड्ने फैसला गरिन् । विवाहपछि उनले फिल्ममा काम गरेकी छैनन् । विवाहको १ वर्षपछि नम्रता र महेश छोरा गौतमको माता-पिता बनेका थिए । उनीहरुको एक छोरी पनि छिन् । विवाह बन्धनमा बाँधिएको तीन वर्षपछि यो जोडीको सम्बन्ध संकटमा समेत परेको थियो । तर, पछि उनीहरुबीच मिलन भयो ।
Most Visited News (monthly)