Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लुट’ निर्माता महर्जनले खोले ‘कीर्तिपुर सिनेप्लेक्स’

फिल्मीखबर, काठमाडौं, 2021/10/29
 
कोरोना महामारीका कारण देशभर सिनेमा हल बन्द हुने क्रम जारी छ । तर, अर्कोतिर ठूलो लगानीमा सुविधा सम्पन्न हल खुल्ने क्रम पनि बढेको छ । यसबीच, शुक्रवारबाट कीर्तिपुरको पागामा नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । ‘लुट’ निर्माता नरेन्द्र महर्जन र उनको टिमले ठूलो लागतमा निर्माण गरेको ‘कीर्तिपुर सिनेप्लेक्स’ को शुक्रवार औपचारिक रुपमा उद्घाटन गरियो । 
 
नेपाली भाषाको फिल्म ‘हिसिमति’ र हलिउड फिल्म ‘भेनम’ प्रदर्शन गर्दै सञ्चालनमा आएको हलमा अर्को हप्ताको शुक्रवारबाट बलिउड फिल्म ‘सूर्यवंशी’ रिलिज हुनेछ । अहिले यो हलमा एउटा मात्र पर्दा छ । केही महिनामा अर्को पर्दा तयार हुने सञ्चालक महर्जनले जानकारी दिए । उच्च प्रविधि प्रयोग गरेर खोलिएको हलमा एकसाथ २ सय ८५ जना दर्शकले फिल्म हेर्न सक्नेछन् ।
 
‘कीर्तिपुर सिनेप्लेक्स’ को उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकारहरु दीपकराज गिरी, स्वस्तिमा खड्का, निर्माता छविराज ओझा, निर्देशक निश्चल बस्नेत, दीपाश्री निरौला, शोभित बस्नेत लगायतको उपस्थिति रहेको थियो । उनीहरुले यस्तो विषम परिस्थिति पनि नयाँ हल सञ्चालनमा आउनु फिल्म क्षेत्रका लागि अत्यन्त सुखद कुरा रहेको बताए ।
 
 
नरेन्द्र महर्जन हेटौंडामा रहेको ओम्याक्स हल र सर्लाहीको लालबन्दीस्थित विणा चलचित्र मन्दिरका पनि सञ्चालक हुन् । फिल्म निर्माण र वितरणमा विगत दुई दशकभन्दा लामो समयदेखि सक्रिय रहेका उनले ‘लुट’ सँगै ‘मिसन पैसा २ : रिलोडेड, संरक्षण, फन्को, लभ सभ र लुट २’ को निर्माण गरेका छन् । उनी राम्रो फिल्म प्रदर्शनमा आए हलसम्म दर्शक आउनेमा पूर्ण विश्वस्त छन् । 
Most Visited News (monthly)