Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नवाजुद्दीन सिद्दीकीले अब ओटीटीको शो नगर्ने

एजेन्सी, मुम्बई, 2021/10/29
Nawazuddin Sidiqui
 
नवाजुद्दीन सिद्दीकीलाई बलिउडको एक अब्बल कलाकारको रुपमा चिन्ने गरिन्छ । उनले फिल्म मात्र होइन डिजिटल प्लेटफर्ममा ‘सेक्रेड गेम्स’ जस्ता सुपरहिट वेब सिरिजमा समेत काम गरेका छन् । उनले अभिनय गरेका सिरिज डिजिटल प्लेटफर्ममा दर्शकले रुचाए पनि अब उनी ओटीटी शोमा नदेखिने भएका छन् । पछिल्लो समय उनी डिजिटल प्लेटफर्मको कन्टेन्ट देखेर निराश छन् । 
 
नवाजले बलिउड हंगामासँग कुराकानी गर्दै भनेका छन्, ‘ओटीटी प्लेटफर्म अब फोहोरी र घटिया क्वालिटी कन्टेन्टका लागि डम्पिङ ग्राउन्डको जसरी काम गरिरहेको छ । या त अब डिजिटल प्लेटफर्मका लागि राम्रो सोज नै छैन या त यहाँ पुरानै शोजको सिक्वेल बेच्नुको अरु विकल्प छैन । जसमा अब देखाउनका लागि केही पनि बाँकी छैन ।’ ओटीटीमा फ्रेसनेस सकिएको उनको कथन छ ।
 
उनले नेटफ्लिक्सका लागि ‘सेक्रेड गेम्स’ सिरिज गर्ने समयमा आफू निकै उत्साहित रहेको र डिजिटल मिडियमलाई एक चुनौतीको रुपमा लिएको स्मरण गरे । पहिला ओटीटी प्लेटफर्मले नयाँ-नयाँ प्रतिभालाई अवसर दिने गरेको बताउँदै उनले अहिले भारतका ठूला प्रोडक्शन हाउस र ओटीटीका सुपरस्टार कहलिने सो-कल्ड कलाकारका लागि कमाई गर्ने राम्रो धन्दा बनेको बताएका छन् ।
 
निर्मातालाई धेरै कन्टेन्ट बनाउन पैसा मिलिरहेको र जसका कारण ओटीटीमा क्वालिटी सकिएको उनको तर्क छ । उनी अगाडि भन्छन्, ‘अब ओटीटी शोजलाई झेल्न गाह्रो भइरहेको र यस्तो अवस्थामा बेकार कन्टेन्टको हिस्सा बन्न चाहन्नँ ।’ अहिले ओटीटीका सो-कल्ड कलाकारलाई बलिउडले पानीको जसरी पैसाको वर्षात गरिरहेको तर आज पनि कन्टेन्ट किंग रहेको उनी बताउँछन् ।
Most Visited News (monthly)