Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जनकपुरमा बलिउड गायक कुमार सानु गुञ्जने

फिल्मीखबर, काठमाण्डौ, 2021/11/08
 
भारतका लोकप्रिय गायक कुमार सानु पुनः एकपटक आफ्नो प्रस्तुती दिन नेपाल आउने भएका छन् । आउँदो मंंसिर ४ (नोभेम्बर २०) गते जनकपुरधाममा आयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । जनकपुरको होटल राज दरवारमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित भारतीय गीत नेपाली दर्शकलाई सुनाउनेछन् ।
 
गायक सानुले दुई दर्जन बढी नेपाली गीतमा समेत आवाज भरेका छन् । उक्त कन्सर्टमा उनले नेपाली गीत पनि गाउने आयोजक संस्था ब्लूबर्डले जानकारी दिएको छ । उनको आवाजमा रहेका ‘भरे आउँछु सपनीमा, फूल भए जिन्दगी, म त अब रिसाउँछु, साचिरहँ जस्तो लाग्छ, मनको मन्दिर, जनम जनमको, म त आएँ, यसपालीको बसन्तमा’ लगायतका नेपाली गीत लोकप्रिय छन् । 
 
कन्सर्टमा नेपालका चर्चित गायक सुगम पोखरेल, रोशन पराजुली र कलाकार पूजा ठाकुरले पनि प्रस्तुती दिनेछन् । कार्यक्रमको होस्ट सुशील नेपालले गर्नेछन् । दिउँसोको साढे ४ बजेबाट सुरु हुने कन्सर्टमा सहभागी हुनका लागि ४५ सय र ३ हजारको टिकट दर तय गरिएको छ । उक्त कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथीको रुपमा उपस्थित हुनेछन् ।
 
‘कुमार सानु लाइभ इन कन्सर्ट’ ले जनकपुरस्थित धार्मिक तथा प्रदेश नं. २ को पर्यटक प्रवद्र्धनमा सघाउ पुग्नेमा आयोजक ब्लूबर्ड इन्टरटेन्मेन्ट र सह आयोजक जनकपुर उद्योग वाणिज्य संघले विश्वास व्यक्त गरेको छ । एक भिडियो सन्देशमार्फत् गायक सानुले आफू जनकपुरमा आउन लागेको बताएका छन् । उनी यसअघि केही पटक सांगीतिक प्रस्तुतीका लागि नेपाल आइसकेका छन् । 
Most Visited News (monthly)