Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘केजीएफ २’ रिलिजको दुई हप्तापछि ‘प्रकाश’ ?

फिल्मीखबर, काठमाण्डौ, 2021/11/09
कोरोनाका कारण करीब दुई वर्ष बन्द रहेका सिनेमा घरहरु यसपालीको दशैंबाट पूर्ण रुपमा खुले । तर, दशैं र तिहारमा फिल्म प्रदर्शन गर्न ठूला ब्यानरहरु अगाडि सरेनन् । कोरोनाको डरले अझै केही समय हलसम्म दर्शक आउँदैनन् भन्ने सोचाइ निर्मातामा थियो । तर, तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरु तात्न थालेका छन् ।
 
बलिउड फिल्म हेर्न हलमा दर्शकको भीड ओइरिएपछि कोरोनाका कारण रोकिएको फिल्म ‘चपली हाइट ३’ ले सोमवार पुष २ गतेलाई प्रदर्शन मिति घोषणा गर्‍यो । अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘प्रकाश’ को टिमले पनि प्रदर्शन मिति घोषणा गर्ने तरखर गरेको छ । गत बैशाखमा छायांकन सकिएको फिल्मलाई आउँदो बैशाख तेस्रो साता प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।
 
pradeep khadka and renu yogi
 
आउँदो बैशाख १ गते (२०२२ अफ्रिल १४) बाट प्रदर्शनमा आउन लागेको साउथको बहुप्रतिक्षीत फिल्म ‘केजीएफ २’ लाई दुई हप्ता छाडेर ‘प्रकाश’ प्रदर्शन हुने प्रवल सम्भावना छ । आउँदो बैशाखको २३ वा ३० गतेभित्र फिल्मलाई प्रदर्शन गर्ने गरी अहिले निर्माण टिमले वितरकसँँग छलफल गरिरहेको छ । नेपाल प्रदर्शनअघि फिल्मलाई अन्तर्राष्ट्रिय महोत्सवहरुमा पठाइने जानकारी प्राप्त छ ।
 
दिनेश राउतको निर्देशनमा बनेको यस फिल्ममा प्रदीपको अपोजिटमा रेनु योगी छिन् । रेनुले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको पनि अभिनय छ । फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् ।
 
निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथामा फिल्म आधारित छ । फिल्ममा प्रदीपले पहिलो पटक गाउँले युवकको निर्वाह गरेका छन् । राजेश श्रेष्ठले खिचेको यो फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्मका गीतमा तारा प्रकाश लिम्बु, एलिसा कार्की र दीपक शर्माले संगीत भरेका छन् ।
Most Visited News (monthly)