Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चार बदमासको कथामा ‘सिल्ली फो’, केकी मुख्य भूमिकामा

फिल्मीखबर, काठमाडौं, 2021/11/09
keki adhikari
 
राजबहादुर सानेको लेखन तथा निर्देशनमा फिल्म ‘सिल्ली फो’ बन्ने भएको छ । चार बदमासको कथामा निर्माण हुने फिल्ममा केकी अधिकारी मुख्य भूमिकामा छिन् । यो फिल्मको पहिलो चरणको छायांकन पूरा भइसकेको छ । १५ दिन खिचेर ब्रेक लिइएको फिल्मको मंसिर १ गतेबाट दोस्रो चरणको छायांकन हुने निर्देशक सानेले बताए । फिल्मको सम्पूर्ण छायांकन बाँके क्षेत्रमा हुनेछ । 
 
फिल्ममा केकीका अलावा राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल कार्की, रमेश बजगाइँ, सरस्वती रामजाली मगर, सागर विष्ट, कुशल बोहोरा, गोपाल विक, राजकुमार सापकोटा, छत्रेश्वर प्रसाद शर्मा लगायतका कलाकारहरुको अभिनय देख्न पाइनेछ । फिल्मको मुल कथा केकीको वरिपरी घुम्ने जानकारी प्राप्त छ ।
 
movie sille fo
 
रुद्र खनाल प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा मनोज डिके र सह-निर्मातामा विशाल श्रेष्ठ र सागर विष्ट रहेका छन् । फिल्ममा दिव्यराज सुवेदी छायाँकार, पुरुषोतम न्यौपाने संगीतकार र रामजी लामिछाने कोरियोग्राफरको रुपमा छन् । ‘पर्खी बसे फर्की आउनेछु, डोली, विरांगना’ जस्ता फिल्मको निर्देशन गरिसकेका सानेले ‘सिल्ली फो’ को कथा पूर्ण कमेडी रहेको बताएका छन् । 
Most Visited News (monthly)