Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘अन्तिम’ मा सलमान खानसँग काम गर्न चाहँदैन थिए आयुष

एजेन्सी, मुम्बई, 2021/11/17
salman khan and ayush sharma
 
बलिउड सुपरस्टार सलमान खानसँग पहिलो पटक अभिनेता आयुष शर्माले फिल्म ‘अन्तिम : द फाइन ट्रूथ’ मा एकसाथ काम गरेका छन् । आयुष, सलमानका ज्वाईं हुन् । यसअघि उनलाई सलमानले फिल्म ‘लभयात्री’ बाट नायकको रुपमा डेब्यू गराएका थिए । अब उनीहरु एकसाथ पर्दामा देखिने तयारीमा छन् । तर, आयुषले ‘अन्तिम’ मा सलमानसँग काम गर्न चाहेका थिएनन् ।
 
आयुष शर्माले एक अन्तर्वार्तामा भनेका छन्, ‘फिल्ममा सलमान खानसँग काम गर्नका लागि म निकै उत्साहित थिएँ । तर, उहाँले यो फिल्म गर्नुहोस् भन्ने चाहन्न थिएँ । किनकि, यसले गर्दा फेरि नेपोटिज्मको बहस सुरु नहोस् भन्ने म चाहन्थेँ । सलमान खानले मेरो करिअरलाई अगाडि बढाउनका लागि मद्दत गर्नुभएको हो तर यसले नेपोटिज्मको कुरा उठ्छ भन्ने मलाई पहिल्यै थाहा थियो ।’ 
 
आयुष शर्मा सुरुमा सलमान खान ‘अन्तिम’ को हिस्सा हुने विचारको विरुद्धमा थिए । उनले यो फिल्म नगर्न सलमानलाई आग्रह पनि गरेका थिए । किनकि, आयुष यो फिल्ममा ‘लभयात्री’ मा भन्दा फरक देखिँदै थिए र उनलाई डर थियो कि उनी फिल्ममा सलमानसँग मेल खाँदैनन् । तर, सलमानले नै फिल्म गर्ने निर्णय गरेपछि उनी मौन बसे । यो फिल्म २६ नोभेम्बरमा रिलिज हुँदैछ ।
Most Visited News (monthly)