Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्को वर्षको दशैंमा ‘परदेशी २’

फिल्मीखबर, काठमाडौं, 2021/11/17
movie pradeshi 2
 
हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न नेपाली निर्माताहरुबीच ठूलै रस्साकस्सी हुने गरेको छ । दशैंमा लामो विदा हुने भएकाले फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माताहरुमा छ । यसैले हरेक निर्माता दशैंमै फिल्म लगाउन चाहन्छन् । तर, कोरोनाका कारण गत दशैंमा फिल्मै रिलिज भएनन् । यसपटकको दशैंमा फिल्म ‘डाँडाको वर पीपल’ रिलिज भए पनि दर्शकले पत्याएनन् ।
 
यसपालीको तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूयवंशी’ ले हलमा दर्शक फर्काएपछि भने नेपाली निर्माताहरु जोसिएका छन् । यतिबेला एकपछि अर्को नेपाली फिल्मको प्रदर्शन मिति घोषणा भइरहेको छ । तर, अहिलेसम्म अर्को वर्षको दशैंलाई भनेर कुनै पनि फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छैनन् । फिल्म ‘परदेशी २’ भने अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने तयारीमा छ ।
 
निर्माता राजेश वंशलले फिल्मको रिलिजबारे फिल्मीखबरलाई भने- ‘हामीले ‘परदेशी २’ लाई यसै वर्षको दशैंमा प्रदर्शनमा ल्याउने तयारी गरेका थियौं । तर, कोरोनाका कारण छायांकनमा ढिलाइ भएकाले प्रदर्शन गर्न असमर्थ भयौं । फिल्मको कथा नै दशैंसँग जोडिएकाले दशैंमा प्रदर्शन गर्दा राम्रो हुन्छ भन्ने हाम्रो धारणा हो । अर्को वर्षको घटस्थापना वा फूलपातीमा फिल्म प्रदर्शन हुनेछ ।’
 
नारायण रायमाझीले निर्देशन गरेको यो फिल्म २०१५ मा आएको सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल हो । नेपाल र अमेरिकामा छायांकन भएको यस फिल्ममा प्रकाश सपुत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायतको अभिनय रहेको छ । यही फिल्मबाट गायक सपुतले नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । 
 
सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन छ । निर्देशक रायमाझी पनि निर्माता रहेको फिल्मको कथा रमेश विजीको हो । सुपरहिट फिल्मको सिक्वेल भएकाले दर्शकहरु लामो समयदेखि यो फिल्मको पखाईमा छन् । 
Most Visited News (monthly)