Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के आमिर खानले गर्दैछन् तेस्रो बिहे ?

एजेन्सी, मुम्बई, 2021/11/23
Aamir Khan's third wedding rumours are fake: Source - Movies News
 
बलिउड सुपरस्टार आमिर खानले त्यसबेला सबैलाई आश्चर्य पारे जब उनले श्रीमती किरण रावसँँग अचानक डिभोर्सको घोषणा गरे । बैबााहिक जीवनमा बाँधिएको करीब १५ वर्षपछि उनीहरु अलग भएका हुन् । उनीहरुले छोराको पालन पोषणा भने मिलेर गर्ने बताएका छन् । पहिलो श्रीमती रीना दत्तासँग २००२ मा डिभोर्स गरेपछि आमिरले किरण रावसँग २००५ मा विवाह गरेका थिए ।
 
यतिबेला सामाजिक सञ्जालमा आमिर खानको तेस्रो विवाहको बारेमा निकै चर्चा भइरहेको छ । आफ्नो नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ को रिलिज (१४ अप्रिल, २०२२) पछि उनी तेस्रो विवाह गर्न तयारीमा रहेको गाइँगुइँ सुनिएको छ । तर, इन्डिया टुडेलाई आमिर खानसँँग जोडिएको एक विश्वसनीय स्रोतले दिएको जानकारी अनुसार, उनले तेस्रो विवाह गर्न लागेको चर्चामा कुनै सत्यता छैन । 
 
लामो समयदेखि आमिरको नाम अभिनेत्री फातिमा सना शेखसँग जोडिएको छ । उनीहरुले फिल्म ‘दंगल’ मा एकसाथ काम गरेका थिए । त्यसबेलादेखि उनीहरुको अफेयरको खबर आउन थालेको थियो । उनै, फातिमासँग आमिरले ‘लाल सिंह चड्ढा’ रिलिजपछि तेस्रो विवाह गर्न लागेको चर्चा चलेको हो । तर, उनीहरु निकट स्रोतले यसमा कुनै पनि प्रकारको सत्यता नभएको दाबी गरेको छ ।
Most Visited News (monthly)