Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आउँदो फागुन १३ मा ‘प्रेमगीत ३’

फिल्मीखबर, काठमाडौं, 2021/11/25
 
अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ यसै वर्ष प्रदर्शनमा आउने भएको छ । हिन्दी र नेपाली भाषामा निर्माण भएको फिल्मलाई आउँदो फागुन १३ गते प्रदर्शन गरिने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । एउटा ठूलो चुनौती मोलेर फिल्म रिलिज गर्न लागेको उनको भनाई छ । फिल्मको भारत प्रदर्शन मिति भने केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।
 
कोरोना महामारीको समयमा निर्माता सन्तोष सेनले फिल्मलाई हिन्दी भाषामा डब गरेका थिए । भारतको ‘इम्पोसिबल फिल्म्स्’ ले यो फिल्मलाई एमजी स्वरुप भारु चार करोड दिएको छ । फिल्मले भारतमा चार करोडमाथिको व्यापार गरे कम्पनीले ७० प्रतिशत आफूलाई राखेर ३० प्रतिशत रकम निर्मातालाई उपलब्ध गराउनेछ । फिल्मको रिलिजबारे छलफल गर्न सेन अहिले मुम्बईमा छन् ।
 
स्वं. छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो फिल्मबाट मनिष र क्रिस्टिनाले नायक-नायिकाको रुपमा डेब्यू गर्दैछिन् । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।
 
यो फिल्म २०७६ सालको चैत २८ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण सरकारले चैत पहिलो हप्ताबाट सिनेमा हल बन्द गरेपछि फिल्मको रिलिज रोकियो । बीचमा सिनेमा हल खुले पनि निर्माण टिमले प्रदर्शन गर्ने आँट गरेको थिएन । तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यबंशी’ ले हलमा दर्शक फर्काएपछि भने सेनले फिल्मको प्रदर्शन मिति तोकेका हुन् ।
Most Visited News (monthly)