Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिन्धुलीबाट सुरु भयो ‘गोर्खा वारियर २’ को छायांकन

फिल्मीखबर, काठमाण्डौ, 2021/11/25
कोरोना महामारीका कारण जारी पहिलो चरणको लकडाउन अन्त्यपछि निर्देशक तथा निर्माता मिलन चाम्सले फिल्म ‘गोर्खा वारियर २’ को निर्माण घोषणा गर्दै छायांकन सुरु गरेका थिए । फिल्मको ४० प्रतिशत छायांकन पूरा भइसकेको छ । तर, कोरोनाका कारण पुनः बन्दाबन्दी भएपछि फिल्मको छायांकन रोकिएको थियो । बिहीवारबाट चाम्सले फिल्मको बाँकी छायांकन सुरु गरेका छन् ।
 
milan chams
 
बुधवार १ सय १७ जनाको टिम लिएर सिन्धुली पुगेका चाम्सले बिहीवार एक मन्दिरमा क्यामेरा पूरा गर्दै फिल्मको छायांकन थालेका हुन् । सिन्धुलीमा १८ दिन फिल्मको छायांकन हुनेछ । त्यसपछि बाँकी छायांकनका लागि निर्माण टिम दमौली जाने सेड्युल छ । नेपाल छायांकनपछि फिल्मलाई मलेशिया र यूकेमा पनि खिचिने चाम्सले बताए । फिल्मलाई दुईवटा रेड क्यामेराबाट खिचिनेछ ।
 
अनुमानित ३ करोडको बजेटमा निर्माण हुन लागेको फिल्मले गोर्खाली सेनाको वीरता र योगदानको कथा भन्नेछ । फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले लगायत मुख्य भूमिकामा छन् । सुदिप बरालले खिच्ने फिल्मको यस वर्ष छायांकन सकेर २०२२ मा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । 
 
milan chams
 
निर्देशक चाम्सले ‘गोर्खा वारियर’ को पहिलो पार्ट नबन्दै दोस्रो पार्ट निर्माण गर्न लागेका हुन् । दोस्रो पार्ट प्रदर्शनमा आएपछि पहिलो पार्ट निर्माण हुने उनको भनाई छ । उनले बेलायतको सबैभन्दा ठूलो र सर्वाधिक महंगो मानिने रोयल अल्बर्ट हलमा १० हजार दर्शकको उपस्थितिमा फिल्मको रेड कार्पेट प्रिमियर गर्ने योजना बनाएका छन् । फिल्मका निर्माता पनि निर्देशक चाम्स स्वयं हुन् ।
Most Visited News (monthly)