Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नरेनको नजरमा सुरक्षा : कामप्रति इमानदार र सहयोगी

फिल्मीखबर, काठमाण्डौ, 2021/12/09
naren khadka and surakshya panta
 
फिल्म ‘हमेशा’ बाट नायकको रुपमा डेब्यू गरेका नरेन खड्काले त्यसयता ‘मन्दिरा’, ‘स्वर्ग मेरो गाउँ’, ‘परदेशी’, ‘एउटा यस्तो प्रेम कहानी’ लगायतका फिल्ममा काम गरिसकेका छन् । तर, उनलाई डेब्यू फिल्मबाहेक अरुले सफलताको सुख दिन सकेका छैनन् । लामो समयदेखि एउटा सफल फिल्मको पखाईमा रहेका उनले यसै साता डोल्पामा फिल्म ‘बुलाकी’ को छायांकन सकाएका छन् । 
 
यो फिल्ममा उनको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । उनीहरुबीच सहकार्य भएको यो पहिलो फिल्म हो । सुरक्षासँग काम गर्दा आफूले धेरै सिक्न पाएको नरेनको अनुभव छ । सुरक्षाको कामप्रतिको लगाव, इमानदारिता र सहयोगी भावनाबाट आफू निकै प्रभावित भएको उनले बताए । भोलीका दिनमा पनि सुरक्षासँग फिल्ममा एकसाथ काम गर्ने रहर जागेको उनी बताउँछन् ।
 
नरेन भन्छन्, ‘उहाँ एकदमै अब्बल कलाकार हुनुहुन्छ । ‘आमा, धनपति’ फिल्ममा मलाई उहाँको काम असाध्धै मन परेको थियो । ‘बुलाकी’ मा उहाँसँगै काम गर्न पाउँदा खुसी लागेको छ । आफ्नो कामप्रति उहाँ एकदमै इमानदार पाएँ । सहयोगी पनि हुनुहुन्छ ।’ नायक खड्का फिल्ममा आफ्नो क्यारेक्टर अहिलेसम्मकै भिन्न रहेको दाबी गर्छन् । यो फिल्मबाट उनले ठूलो आशा राखेका छन् ।
 
लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा बिराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको अभिनय छ । मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मको कथा राज बहादुर सानेले लेखेका हुन् । फिल्म जारी प्रथामाथि ‘बेस्ड’ छ ।
Most Visited News (monthly)