Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कटरीना र विक्कीले गरे बिहे

एजेन्सी, मुम्बई, 2021/12/09
Katrina Kaif And Vicky Kaushal
 
अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । बिहीवार सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडामा उनीहरुको विवाह भएको हो । बिहीवार साँझ सार्वजनिक भएको बिहेको तस्विरमा कटरीना रातो रंगको लेहंगामा देखिएकी छन् भने विक्कीले सेतो रंगको शेरवानी लगाएका छन् । दुवैले बिहेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । 
 
Katrina Kaif And Vicky Kaushal
 
विक्की र कटरीनाले बिहेको तस्विरसँगै क्याप्सनमा लेखेका छन्, ‘हाम्रो दिलमा प्रेम र कृतज्ञता छ, जसले हामीलाई यो पलसम्म ल्याएको हो । तपाईंहरु सबैको प्रेम र आशीर्वादको कामना गर्दै हामी एकसाथ यो नयाँ यात्राको सुरुवात गर्दैछौं ।’ उनीहरुको विवाहमा दुवै पक्षका परिवारका सदस्यसँगै अर्जुन कपूर, कनिका कपूर, करन जौहर, फराह खान लगायत उपस्थित भएका थिए ।
 
Katrina Kaif And Vicky Kaushal
 
बुधवार बिहान विक्की र कटरीनाको मेहन्दी सेरोमनी भएको थियो भने साँझ संगीत कार्यक्रम राखिएको थियो । संगीत सेरोमनीमा विक्की र कटरीनाले पञ्जाबी र राजस्थानी गीतमा नृत्य गरेका थिए । कटरीनालाई लिनका लागि विक्की विन्टेज कारमा चढेर पुगेका थिए । विवाह समारोहलाई ५/७ किसिमका फूलले सजाइएको थियो । केही दिनमै उनीहरुले रिसेप्सन पार्टीको आयोजना गर्दैछन् ।
Most Visited News (monthly)