Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पा पोखरेलको हातमा एकैपटक दुईटा भोजपुरी फिल्म

फिल्मीखबर, काठमाडौं, 2022/01/23
म्यूजिक भिडियोको बाटो हुँदै फिल्म ‘लज्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी शिल्पा पोखरेलले ‘मंगलम, वीरांगना, हवल्दार सुन्तली, बृन्दावन’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । तर, छविराज प्रोडक्सनभन्दा बाहिरी ब्यानरको फिल्म उनका लागि फलिफापसिद्ध भएनन् । तीन वर्षदेखि फिल्मविहीनको अवस्थामा रहेकी उनले म्यूजिक भिडियोमै चित्त बुझाइरहेकी छन् । 
 
कोरोना महामारीअघि उनले फिल्म ‘जय शम्भु’ बाट भोजपुरीमा डेब्यू गरेकी थिइन् । यो फिल्मले उनलाई भोजपुरीका लागि बाटो खुलायो । यसपछि फिल्म ‘प्रेमगीत २’ मा अभिनय गरेकी उनी हालै दुईवटा भोजपुरी फिल्ममा एकसाथ अनुबन्ध भएकी छन् । सोनु खत्रीको निर्देशनमा बन्न लागेको भोजपुरी फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा उनले काम गर्न लागेकी हुन् । 
 
shilpa pokharel
 
दुवै फिल्ममा उनले भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग रोमान्स गर्नेछिन् । फिल्ममा भोजपुरी अभिनेत्री अम्रपाली दुबेको पनि अभिनय रहनेछ । शुक्रवार दुई फिल्मको घोषणा भएपछि भारतीय मिडियासँग कुराकानी गर्दै शिल्पाले भनेकी छन्, ‘म भोजपुरीमा एउटा मात्र फिल्म गर्नका लागि आएको होइन, म आफ्नो स्थान बनाउन चाहन्छु । हेरौं, किस्मतले कहाँसम्म लैजान्छ ।’
 
पछिल्लो समय नेपाली कलाकारहरुलाई भोजपुरीले आकर्षित गरिरहेको छ । शिल्पाभन्दा अगाडि धेरै नेपाली कलाकारले भोजपुरी फिल्ममा अनुहार देखाइसकेका छन् । अभिनेता विराज भट्ट त भोजपुरीका ठूला स्टारमै गनिन्छन् । अभिनेत्री नीता ढुंगानाले पनि केही भोजपुरी फिल्ममा काम गरिसकेकी छन् । तर, विराज भट्टबाहेक अरु कलाकारको भोजपुरीमा खासै दरिलो उपस्थिति छैन ।
Most Visited News (monthly)