Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लाखे'बाट सुनिल बाहिरिए, प्रशान्त भित्रिए

फिल्मीखबर, काठमाडौं, 2022/02/02
नेपाली फिल्म ‘लाखे’मा नेगेटिभ भुमिकाको लागि अभिनेता प्राशान्त ताम्राकार भित्रिएका छन् । यसअघि उक्त भुमिकाको लागि सुनिल थापा रहेको जानकारी दिईएको थियो । निर्देशक सम्राट बस्नेतका अनुसार थापा बलीउड फिल्ममा व्यस्त हुने भएपछि ताम्राकारले लाखेमा अभिनय गर्ने भएका हुन् ।
 
छायांकन भईरहेको समयमा नै यस फिल्ममा अनुबन्ध भएका अभिनेता ताम्राकारले मल्टिस्टार फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले भने, 'एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ । फिल्ममा आफुले सक्दो नयाँ र राम्रो काम गर्ने कोसिस गर्नेछु ।'
 
 
यो फिल्ममा प्रशान्तका अलावा अनुप विक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत, रोहित रुम्बा लगायतको अभिनय रहेको छ ।
 
ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भईरहेको 'लाखे'का कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् भने निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मका प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी हुन् ।
Most Visited News (monthly)