Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन १ देखि हल खोल्न सीसीएमसीसीको सिफारिस

फिल्मीखबर, काठमाडौं, 2022/02/06
cinema hall
 
कोरोना संक्रमण फैलिएपछि गत माघ ३ गतेबाट बन्द भएका सिनेमा हलहरु आउँदो फागुन १ गतेबाट खोल्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर हल खोल्न सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिएकी छन् ।
 
सीसीएमसीसीको बैठकले फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर सिनेमा हलसँगै जिमखाना, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबार, क्लबलगायत सञ्चालनका लागि पनि सरकारलाई सिफारिस गरेको प्रवक्ता नेपालले जानकारी दिइन् । यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकले सीसीएमसीसीको सिफारिसको विषयमा निर्णय लिन सक्ने सम्भावना बलियो छ ।
 
कोरोना संक्रमण पुनः फैलिएको भन्दै सरकारले गत माघ ३ गतेबाट अनिश्चितकालका लागि सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो । सरकारले अचानक हल बन्द गर्ने निर्णय गर्दा फिल्म ‘चपली हाइट ३’ हलमा तीन दिन मात्र प्रदर्शन हुन पायो । जसले गर्दा निर्मातालाई ठूलो आर्थिक मार परेको छ । हल खुलेपछि फेरि यो फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माता अर्जुन कुमार रहेका छन् ।
Most Visited News (monthly)