Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘म मदनकृष्ण’को सेटमा भावुक भए मदनकृष्ण

फिल्मीखबर, काठमाडौं, 2026/10/14

ma madhankrishna

 

काठमाडौं । कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनीमा निर्माण भइरहेको फिल्म हो, ‘म मदनकृष्ण’ । फिल्मको छायांकन सुरु भएदेखि मदनकृष्ण धेरैपटक सेटमा पुगिसकेका छन् । मंगलबार काभ्रेको पनौतीमा पहिलो चरणको अन्तिम दृश्य खिच्दा पनि उनी सेटमै थिए । निर्देशक मिलन चाम्ससँग घन्टौं ‘मोनिटर’ हेर्दै बसेका उनले आवश्यक सुझाव समेत दिए ।

निर्देशक चाम्सका अनुसार छायांकनका क्रममा मदनकृष्ण भावुक भएका थिए । उनले भने, ‘उहाँ फिल्मको छायांकन हेरेर निकै भावुक हुनुभयो । कतिपय ठाउँमा हामीलाई सुझाव पनि दिनुभयो । उहाँ फिल्मको काम देखेर एकदमै सन्तुष्ट हुनुहुन्छ । जसको कथामा फिल्म बनिरहेको छ, उहाँ स्वयं सेटमा उपस्थित हुँदा हामीलाई पनि सहज भएको छ ।’ 

आगामी चैत ४ गतेबाट प्रदर्शनमा आउने ‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका महेश त्रिपाठीले निर्वाह गरिरहेका छन् । उनकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारी छिन् । त्यस्तै, हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री र उनकी श्रीमती रमिला आचार्यको भूमिकामा वर्षा राउत देखिँदैछन् । फिल्मको दोस्रो चरणको छायांकनमा अरुण र वर्षा सहभागी हुने जनाइएको छ ।

राजकुमार श्रेष्ठको लगानी रहेको यस फिल्ममा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, हिउँवाला गौतम, सिर्जना अधिकारीलगायतको पनि अभिनय रहनेछ । फिल्ममा मदनकृष्ण श्रेष्ठको बाल्यकाल, कलाकारिता यात्रा, जागिरे जीवन, हरिवंश आचार्यसँगको मित्रतालगायतका विभिन्न पाटोलाई देखाइने जनाइएको छ ।