Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल स्टारर ‘आ बाट आमा २’को ट्रेलरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2026/10/12

AA BATA AAMA 2

 

काठमाडौं । दसैंको अवसर पारेर यही शुक्रबार (३० असोज)बाट प्रदर्शन हुन लागेको फिल्म ‘आ बाट आमा २’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । झन्डै ५ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । आमा र छोराको सम्बन्धलाई केन्द्रमा राखिएको ट्रेलरमा प्रेमदेखि श्रीमान्−श्रीमतीको वियोगसम्मको कथा देखाइएको छ । 

ट्रेलरको पहिलो दृश्यबाटै फिल्मको कथासार प्रस्ट हुन्छ, जहाँ कुकुरको बच्चामार्फत आमा र सन्तानबीचको सम्बन्धलाई दर्साइएको छ । त्यसपछि ट्रेलर पूर्णतः आमाको खोजीमा छोराले गर्ने संघर्षमा केन्द्रित हुन्छ । ट्रेलरको अन्तिम दृश्य भने प्रभावशाली छ, जहाँ पल मानसिक सन्तुलन गुमाएको अवस्थामा देखिएका छन् । यसले फिल्मको कथा भावनात्मक र संवेदनशील रहेको संकेत गर्छ ।

चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महत, निकिता आचार्य, रिश्ता गुरुङ, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दीलिप अखेडालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । दिवंगत भारतीय कलाकार प्रदीप रावतको यो अन्तिम नेपाली फिल्म हो । 

आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा चन्द्र पन्तको कथा तथा पटकथा, सन्तोष भट्टको संवाद, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन, एलिस कार्कीको पार्श्व संगीत तथा राजेन्द्र मोक्तानको रंग संयोजन छ । फिल्मका हरेक प्रचार सामग्रीप्रति दर्शकले देखाएको चासो हेर्दा यसले बक्स अफिसमा आक्रामक व्यापार गर्ने छनक देखिन्छ ।