Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘१२ गाउँ २’को ‘रेशमी रुमाल’ गीतमा वर्षासँग रोमान्टिक विराज

फिल्मीखबर, काठमाडौं, 2026/10/07

Biraj Bhatt, Barsha Itani

 

अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ प्रदर्शन हुन अब ९ दिन मात्र बाँकी छ । प्रदर्शनको उल्टो गिन्ती सुरु भएसँगै निर्माण पक्षले प्रचारलाई तीव्र बनाएको छ । गएको एक महिनामा फिल्मका पोस्टरदेखि टिजर−गीतसम्म सार्वजनिक भइसकेका छन् । यसैक्रममा बुधबार तेस्रो गीत ‘रेशमी रुमाल’ सार्वजनिक गरिएको छ । 

निशान भट्टराई र समीक्षा अधिकारीको स्वर रहेको गीतमा डिपी खनालको शब्द तथा देवेन्द्र बरालको संगीत छ । संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । गीतको भिडियोमा फिल्मका मुख्य जोडी विराज भट्ट र वर्षा इटानीको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । दुवैले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । सियोन श्रेष्ठले भिडियोको कोरियोग्राफी गरेका हुन् । 

असोज ३० गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा विराज र वर्षासहित समीर भट्ट, कृशु शाही, अनुप विक्रम शाही, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा आरएल शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मकी निर्माता सरस्वती भट्ट (विराजकी श्रीमती) हुन् । 

फिल्ममा महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरणको पार्श्व संगीत (बीजीएम) तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको छ । यो फिल्म २०८१ सालमा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’को सिक्वेल हो ।