Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दाङबाट ‘सिन्दूर’को छायांकन सुरु, बाँधियो पुष्प र प्रशंसाको जोडी

फिल्मीखबर, काठमाडौं, 2026/10/02

sindur

 

राष्ट्रिय अवार्ड विजेता फिल्म ‘बुलाकी’का निर्देशक लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा फिल्म ‘सिन्दूर’ बन्ने भएको छ । शुक्रबार पश्चिम नेपालको दाङमा शुभ मुहूर्त गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । मुहूर्तसँगै फिल्मको छायांकन समेत सुरु गरिएको छ । एक महिनाको तालिकामा दाङ क्षेत्रमा फिल्मको छायांकन हुने जनाइएको छ ।

कस्तुरी प्रोडक्सन र क्लासिक सिने यूनिभभर्सको सहकार्यमा निर्माण हुने फिल्ममा पुष्प खड्का र प्रशंसा रायमाझीको मुख्य भूमिका रहनेछ । मोडल तथा इन्फ्लुएन्सर प्रशंसाको यो दोस्रो फिल्म हो । उनले ‘चिरञ्जीवी भवः’बाट फिल्ममा डेब्यू गरेकी हुन् । फिल्ममा अभिनेत्री रेजिना उप्रेतीको पनि अभिनय रहनेछ । अन्य कलाकारबारे भने जानकारी गराइएको छैन । 

सञ्जीव सार्कीको लगानीमा बन्ने फिल्ममा दिनेश सिंह महरा कार्यकारी निर्मातामा छन् । फिल्ममा संकल्प भुजेलको छायांकन, प्रशान्त सिवाकोटी, श्रीकृृष्ण बम मल्ल र दिनेश ढकालको संगीत तथा रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ । फिल्मले विवाहित महिलाका लागि सिन्दूरको महत्त्व कति छ भन्ने कथालाई उठान गर्ने जनाइएको छ ।