Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘१२ गाउँ २’को ‘लालीगुराँस’ गीतमा रोमान्टिक बने समीर र कृशु

फिल्मीखबर, काठमाडौं, 2026/10/02

12 GAUN 2

 

दसैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘१२ गाउँ २’को दोस्रो रोमान्टिक गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ । शिव परियार र सरोदी कुमार (बोरा)को स्वर रहेको गीतमा युग भुसालको शब्द तथा संगीत छ । सरोदी भारतीय गायिका हुन् । उनले भोजपुरी र हिन्दी फिल्मका थुप्रै गीतमा स्वर दिइसकेकी छन् । 

रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी समीर भट्ट र कृशु शाही (काफिया) रोमान्टिक अवतारमा देखिएका छन् । कृशुले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी हुन् । महेश पौडेलको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको भिडियोमा हिमाली र पहाडी भूगोलका प्राकृतिक दृश्यलाई आकर्षक ढंगले कैद गरिएको छ । 

विराज भट्टको निर्देशनमा बनेको यस फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् भने अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा आरएल शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मकी निर्माता सरस्वती भट्ट हुन् । 

फिल्ममा महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरणको पार्श्व संगीत (बीजीएम) तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको छ । यो फिल्म २०८१ सालमा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’को सिक्वेल हो ।