Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उपासनाले सकाइन् ‘भिडियोटेप’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2026/10/04

videotape

 

हरर जनरामा निर्माण भएको फिल्म ‘भिडियोटेप’को छायांकन सकिएको छ । शुक्रबार साँझ काठमाडौंको एक क्लबमा अन्तिम दृश्य खिचिएसँगै ३१ दिनमा फिल्मको छायांकन पूरा भएको हो । भदौ पहिलो साताबाट उपल्लो मुस्ताङमा फिल्मको छायांकन सुरु गरिएको थियो । अन्तिम तीन दिनको छायांकन भने काठमाडौंमा गरिएको हो । 

एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा उपासना सिंह ठकुरी र कुन्दनमान शाक्य मुख्य भूमिकामा छन् । कुन्दन अभिनेता कर्मा शाक्यका भाइ हुन् । मुख्य भूमिकामा उनको यो पहिलो फिल्म हो । फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंहलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

बाइक राइडरको कथामा आधारित यो फिल्मलाई ओविद उद्दिनले निर्देशन गरेका हुन् । उनी देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक तथा ‘सानो संसार’का निर्माता नकिम उद्दिनका छोरा हुन् । यो उनको डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा वशिष्ट प्रधानको छायांकन रहेको छ । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।