Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राष्ट्रपतिबाट निखिलदेखि श्वेतासम्म विभूषित

फिल्मीखबर, काठमाडौं, 2021/04/10
 
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित गरेकी छन् । विभूषित हुनेमा कलाकारहरु पनि परेका छन् । गत वर्ष विभूषण समितिको सिफारिसमा अभिनेता निखिल उप्रेती प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भए ।
 
त्यस्तै, निर्देशक दिनेश डिसी, अभिनेत्री श्वेता खड्का, गायक धिरज राई, साहित्यकार श्रवण मुकारुङले पनि प्रबल जनसेवाश्री चतुर्थ श्रेणी पदक प्राप्त गरे । कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी पदकबाट लोकगायक बद्री पंगेनी, हास्यकलाकार मनोज गजुरेल, अभिनेत्री भुवन चन्द, निर्देशक फूलमान वल, संगीतकार सुरेश अधिकारी, अभिनेत्री बसुन्धरा भुषाल लगायत सम्मानित भएका छन् ।
 
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएकोमा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि शुक्रबारै सुशोभन गरिएको छ । शुक्रबार बाँकी रहेकालाई वैशाख १ गते सुशोभन गरिनेछ । राष्ट्रले विभूषित गरेकोमा कलाकारहरुले खुसी व्यक्त गरेका छन् ।
Most Visited News (monthly)