Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङलाई भ्याइनभ्याइ

फिल्मीखबर, काठमाण्डौ, 2021/04/10
अभिनेता दयाहाङ राईलाई दोस्रो राजेश हमाल भन्ने गरिन्छ । यो यसकारण कि, करिअरको उत्कर्षमा रहँदा हमालले जुन हिसाबले संख्या बढाउन फिल्ममा काम गरे, उनकै सिको यतिबेला दयाहाङले गरिरहेका छन् । यस्तो लाग्छ, राजेश हमालले धेरै फिल्म खेलेर बनाएको रेकर्ड तोड्नु नै उनको मुख्य उद्देश्य हो । उनले आफ्नो अभिनयमा समेत फरकपन पस्कन सकेका छैनन् । 
 
कोरोना महामारीभन्दा अगाडि उनलाई फिल्मको सेड्युल मिलाउनै धौ-धौ पर्ने स्थिति थियो । नयाँ फिल्म साइन गर्न उनलाई दुई वर्षसम्म डेट थिएन । एउटा फिल्मको छायांकन सकिन दुई दिन मात्र ढिला हुँदा उनले अर्को फिल्म छाड्नु पर्ने अवस्था थियो । कति फिल्म उनले सार्थी-भाईसँगको सम्बन्ध टिकाउन गरे भने कति काठमाडौंको ठडिँदै गरेको घर बनाउनका लागि गरे । 
 
 
‘भैरे’ रिलिजताका उनले अब थोरै तर राम्रो फिल्म गर्ने बताएका थिए । तर, त्यो उनको व्यवहारमा लागू भएको देखिएन । अहिले उनको पाइपलाइनमा आधा दर्जन फिल्म छन् । कोरोना भिलेन नबनेको खण्डमा उनलाई अबको एक वर्ष एक दिन पनि फुर्सद हुने देखिन्न । लकडाउनपछि केही समय म्यूजिक भिडियो खेलेका उनी यतिबेला फिल्म ‘बिहे पास’ को छायांकनमा व्यस्त छन् ।
 
यो फिल्मको छायांकन सकिन साथ उनले ‘कबड्डी ४’ मा काम गर्नेछन् । यसपछि निश्चल बस्नेतको ‘जिन्दाबाद’ मा व्यस्त हुनेछन् । भदौबाट उनले ‘२ नम्बरी’ को छायांकन सुरु गर्नु पर्नेछ । यस लगत्तै उनले फिल्म ‘के घर के डेरा’ मा काम गर्ने सेड्युल छ । उनले मिलन चाम्सको ‘गोर्खा वारियर’, मीन भामको ‘इयर अफ कोल्ड’, दीपक रौनियारको ‘स्काइ इज माइन’ मा पनि काम गर्दैछन् । 
 
उनी सोलो नायक रहेका फिल्मले व्यापारिक सफलता पाउन नसके पनि यसले उनको करिअरमा असर गरेको देखिन्न । उनीमाथि निर्माताको विश्वास घटेको छैन । उनको पाइपलाइनमा रहेका आधा दर्जन फिल्मले पनि यसलाई पुष्टि गर्छ । कलाकार व्यस्त हुनु राम्रो कुरा हो । तर, यसरी सासै फेर्न फुर्सद नहुने गरी एकपछि अर्को फिल्ममा व्यस्त हुनु पनि करिअरका लागि ठिक होइन ।
Most Visited News (monthly)