Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एशोसिएट प्रदेशको अध्यक्षमा चलचित्र पत्रकार पराजुली विजयी

फिल्मीखबर, काठमाडौं, 2021/04/08
 
नेपाल पत्रकार महासंघको एशोसिएट प्रदेशको अध्यक्षमा चलचित्र पत्रकार बैकुण्ठ पराजुली विजयी भएका छन् । बुधबार भएको मतगणनामा उनले ३ सय ९९ मतसहित विजयी हासिल गरेका हुन् । उनका प्रतिद्वन्दी डीबी खड्काको पक्षमा २ सय ७५ मत खसेको थियो । महासंघमा आबद्ध ११ वटा एशोसिएट संस्थाले चलचित्र पत्रकार संघलाई एशोसिएट प्रदेशको अध्यक्ष छाडेका थिए ।
 
लोकतान्त्रिक प्यानल (विपुल पोखरेल) बाट विजयी हासिल गरेका पराजुली चलचित्र पत्रकार संघका पूर्व सचिव हुन् भने खड्का साधारण सदस्य हुन् । निर्वाचित भएपछि अध्यक्ष पराजुलीले १२ वटै एशोसिएट संस्थाको मुद्धा लिएर महासंघमा जाने र समस्या समाधानका लागि प्रयास गर्ने बताए । चलचित्र पत्रकारितालाई मर्यादित बनाउन पनि आफूले भूमिका खेल्ने उनको भनाई छ ।
 
एशोसिएट प्रदेशको अध्यक्ष बाहेक बाँकी सम्पूर्ण पद निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा श्रीह​री थापा, महिला उपाध्यक्षमा प​बित्रा मुड​भ​री, महासचिवमा रोय​ल​ आचार्य​, सचिवमा ध​र्मेन्द्र​ ओझा, सचिव समाावेशीमा योगेश​ ख​पाङ्गी, कोषाध्यक्ष डा. ध्रुव​ कुमार​ तुलाध​र चयन भएका छन् ।​ त्यस्तै, सदस्यमा चलचित्र पत्रकार द्वय सुर​ज​ पौडेल​ र पुष्पा थ​प​लियासहित १० जना चुनिएका छन् । 
Most Visited News (monthly)