Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ फ्लोरमा

फिल्मीखबर, काठमाडौं, 2021/03/26
 
पहिलो पटक अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको जोडी बाँधिएको फिल्म ‘बिहे पास’ को छायांकन सुरु भएको छ । शुक्रवार विराटनगरको एक मन्दिरमा शुभमुहूर्त गरेपछि निर्देशक प्रवेश पौडेल ‘कास्ट एन्ड क्रियू’ लाई लिएर छायांकनमा निस्किएका हुन् । पूर्वका विभिन्न स्थानमा छायांकन हुने फिल्ममा दयाहाङ र प्रकृति श्रीमान-श्रीमतीको भूमिकामा देखिने छन् ।
 
रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह निर्मातामा ग्याल्जेन लामा रहेका छन् । फिल्मको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले मिलेर तयार पारेका हुन् । त्यस्तै, पटकथा आकाश बराल र सजन काफ्लेको हो । प्रवेशले यसअघि फिल्म ‘अमेरिकी ब्वाइज’ को निर्देशन गरेका थिए, जसमा उनको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो । 
 
यो फिल्मबाट प्रकृतिले ६ वर्षपछि अभिनयमा कमब्याक गर्न लागेकी हुन् । म्यूजिक भिडियो हुँदै फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले यसपछि ‘जिन्दगी रक्स र उत्सव’ मा काम गरेकी थिइन् । ‘उत्सव’ रिलिजसँगै विवाह बन्धनमा बाँधिएर उनी श्रीमानसँग अष्ट्रेलियामा बस्दै आएकी थिइन् । उनी दुई हप्ता अगाडि फिल्मको छायांकनका लागि नेपाल आएकी हुन् ।
 
उनले फिल्ममा फर्किन आफूले समय नलगाएको बताउँछिन् । उनले नेपाल ओलिँदै गर्दा भनेकी थिइन्, ‘म फिल्ममा फर्किने सोचमा पहिल्यैदेखि थिएँ । तर, राम्रो स्क्रिप्टको खोजीमा थिएँ । प्रवेश पौडेलसँग मेरो स्क्रिप्टलाई लिएर कुराकानी भइरहेको हुन्थ्यो । ‘बिहे पास’ को स्क्रिप्ट मन परेपछि साइन गरेको हुँ ।’ यो फिल्ममा आफ्नो क्यारेक्टर विल्कुलै फरक रहेको उनको भनाई छ ।
Most Visited News (monthly)