Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शे-फोक्सुन्डोमा खिचियो ‘ए मेरो हजुर ४’ को गीत

फिल्मीखबर, काठमाडौं, 2021/03/25
 
‘ए मेरो हजुर’ सिरिजको एउटा विशेषता भनेको गीत-संगीत पनि हो । यो फिल्मको पहिलो श्रृंखलाको शिर्ष गीत आज पनि सदाबहार छ । त्यस्तै, दोस्रो सिरिजको ‘कसम हो र किनी देउन’ गीतसँगै तेस्रो सिरिजको ‘जिन्दगी नै भन्दिनँ, परान, सत्य भन्छु’ गीत पनि रुचाइएको थियो । गीतको अडियो र भिडियोलाई स्तरिय बनाउन यसको निर्माण पक्षले निकै मिहिनेत गर्ने गरेको छ ।
 
गीतको भाव अनुसार भिडियो निर्माण गर्न कुनै सम्झौता नगर्ने निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले निर्माणाधिन फिल्म ‘ए मेरो हजुर ४’ का लागि पनि गीतको अडियो र भिडियो निर्माणमा निकै मिहिनेत गरेका छन् । हालै फिल्मको र्शिष गीत शे-फोक्सुन्डो तालमा १० दिन लगाएर खिचिएको छ । गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा फिचरिङ छन् ।
 
गीत खिचेर फिल्मको टिम बुधवार राजधानी फर्किसकेको छ । केही दिनको विश्रामपछि फिल्मको बाँकी छायांकन सुरु हुने निर्माता थापाले जानकारी दिए । दुई दिन पोखरा र आठ दिन काठमाडौंमा छायांकन भएपछि फिल्म प्याकअप हुने उनले बताए । अब अनमोल गम्भीर विरामी भएर अस्पताल भर्ना भएको सिन खिचिनेछ, जसका लागि उनले आफ्नो कपाल छोटो बनाउँदैछन् । 
 
 
आउँदो वर्षको भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा सलोन बस्नेतको पनि प्रमुख भूमिका छ । सञ्जय लामाको छायांकन रहेको फिल्मको कथा स्वं. छेतन गुरुङ र झरना थापाले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनीहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । मित्र डि. गुरुङले फिल्मको सम्पादन गर्नेछन् ।
Most Visited News (monthly)