Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवनको अंगालोमा सुष्मा

फिल्मीखबर, काठमाण्डौ, 2021/03/24
 
अभिनेता भुवन केसीका लागि विवाद र स्क्यान्डल पर्यायजस्तै मानिन्छ । एक समय विभिन्न अभिनेत्री तथा महिलासँगको सम्बन्धका कारण चर्चा र विवादमा रहने गरेका उनलाई नेपाली मिडियाले ‘प्ले व्वाई’ का रुपमा समेत चित्रित गर्ने गरेका छन् । कुनै बखतकी चर्चित अभिनेत्री सारङ्गा श्रेष्ठले भनेकी थिइन्, ‘फिल्म इन्डस्ट्रीमा भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान् ।’
 
छोरा अनमोलको नेपाली फिल्ममा उदयपछि केही बदलिएका भुवन विवादबाट भने अझै मुक्त हुन सकेका छैनन् । लकडाउनमा अभिनेत्री साम्राज्ञी आरएल शाहले उनीमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन् । साम्राज्ञीले आफ्नो मानहानी गरेको भन्दै उनले १० करोड क्षतिपूर्ति माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्धा हालेका छन् । यो मुद्धाको अहिलेसम्म छिनोफानो भएको छैन ।
 
करीब ८ वर्षदेखि जिया केसीसँग लिभिङ्ग टूगेदरमा रहेका भुवनको आजका दिनमा पनि अभिनेत्रीहरुसँग नजिकको सम्बन्ध छ । अभिनेत्री सुष्मा कार्कीसँँगको निकटता यसको प्रमाण हो । हालै दरवारमार्गको एक क्याफेमा पुराना कलाकारहरुको जमघटमा सुष्मा पनि पुगेकी थिइन् । त्यहाँ उनले भुवनको अंगालोमा बाँधिएर खिचेको एक तस्विर बुधवार इन्स्टाग्राममा शेयर गरेकी छन् ।
 
नेपाली फिल्मको कुनै रोमान्टिक सिनभन्दा कम नदेखिने यो तस्विरले उनीहरुबीचको प्रेम, मित्रता र आत्मियता झल्काउँछ । यसअघि बलिउड अभिनेता सलमान खानको जन्मदिन सेलिब्रेसनमा पनि उनीहरु एकअर्कासँग निकै नजिक देखिएका थिए । सुष्मासँग भुवनको यसप्रकारको सामिप्यता जियासँग भने कमै देख्न पाइन्छ । यसैले भनिएको होला भुवनलाई ‘महिलाप्रेमी’ !
Most Visited News (monthly)