Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगञ्ज’ मा छानिए प्रशान्त, सुप्रिया र सिमरन

फिल्मीखबर, काठमाण्डौ, 2021/03/24
 
निर्माणको तयारीमा रहेको फिल्म ‘प्रेमगञ्ज’ का लागि मुख्य कलाकारहरु अडिसनबाट छनोट गरिएको छ । गएको फागुन २५ गते थापागाउँमा रहेको कान्तिपुर फिल्म एकेडेमीमा भएको अडिसनमा सहभागीमध्ये राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का र बालकलाकार आयुषी ढकाललाई निर्माण टिमले फिल्ममा अनुबन्ध गरेको हो । प्रशान्त र सुप्रिया टिकटकका चर्चित अनुहार हुन् ।
 
फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्नेछ, जसमध्ये पहिलो खण्डको प्रेमकथामा प्रशान्त, सुप्रिया र सिमरनले जोडीको रुपमा अभिनय गर्नेछन् । उनीहरू ठूलो भएपछिको भूमिकामा अभिनय गर्नका लागि कलाकारको खोजी भइरहेको र चाँडै त्यसको पनि टुंगो लाग्ने निर्देशक परिच्छेन सेनले बताए । उनकै कथा लेखन रहेको फिल्मको यही चैत २५ गतेबाट छायांकन सुरु हुँदैछ ।
 
दुई दशकदेखि नेपाली फिल्ममा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँलले ‘प्रेमगञ्ज’ को निर्माण गर्न लागेका हुन् । फिल्मका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ छन् । काभ्रे, जिरी र काठमाडौंमा छायांकन हुने फिल्म पूर्णत प्रेमकथामा आधारित हुनेछ । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुने फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने निर्देशक सेनको दाबी छ ।
Most Visited News (monthly)