Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जार’ मा सौगात र अनुप

फिल्मीखबर, काठमाडौं, 2021/03/23
 
आफ्नो निर्माण र अभिनय रहेको फिल्म ‘दि सेक्रेट्स अफ राधा’ को छायांकन पूरा भएसँगै अभिनेता सौगात मल्ल नयाँ फिल्मको छायांकनका लागि भारतको सिक्किम पुगेका छन् । बुधवार (भोली) बाट छायांकन सुरु हुन लागेको फिल्म ‘जार’ मा उनले प्रमुख भूमिका निर्वाह गर्दैछन् । फिल्ममा उनीसँगै ह्यान्डसम भिलेनको रुपमा परिचित अनुप विक्रम शाहीको पनि अभिनय रहनेछ । 
 
फेरी टेली पिक्चर्स, होप रिल र एल सेभेन सर्टस्को ब्यानरमा निर्माण हुने फिल्म सत्य कथामा आधारित भएर बन्न लागेको बताइएको छ । सन् १८ सयको दशकतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनामा फिल्म निर्माण हुन लागेको हो । फुर्वा छिरिङ लामाले निर्देशन गर्ने फिल्ममा गीताञ्जली थापा मुख्य नायिकामा छिन् । उनले थुप्रै बलिउड फिल्ममा काम गरिसकेकी छन् ।
 
 
प्रायः भारतीय कलाकारहरुको अभिनय रहने फिल्मको सम्पूर्ण छायांकन पश्चिम सिक्किममा नै हुनेछ । आउँदो वर्षको दशैं र तिहारको बीचमा प्रदर्शन लक्ष्य राखिएको फिल्मको छायांकन अवधि २० दिनको हुने निर्देशक लामाले बताए । ‘जार’ को कथा इन्द्र बहादुर राईको लेखेका हुन् भने स्क्रिनप्ले निर्देशक लामा स्वयंको हो । सौगात र अनुपले तेस्रो पटक सँगै काम गर्न लागेका हुन् ।
Most Visited News (monthly)