Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुरुस्तै जयललिता देखिएकी कंगना

एजेन्सी, मुम्बई, 2021/03/22
 
दिवंगत तमिलनाडुकी मुख्यमन्त्री तथा अभिनेत्री जयललिताको बायोपिक फिल्म ‘थलाइवी’ को ट्रेलर मंगलवार सार्वजनिक हुँदैछ । हिन्दी, तमिल र तेलुगू भाषामा निर्माण भएको फिल्ममा अभिनेत्री कंगना रनावतले जयललिताको जीवन बाँचेकी छन् । ट्रेलर रिलिजको एक दिन अगाडि उनले फिल्ममा निर्वाह गरेको जयललिलाको तीन अलग-अलग पात्रको तस्विर सार्वजनिक भएको छ ।
 
तस्विरमा कंगानाले जयललिताको हरेक रुपलाई न्याय गरेको देख्न सकिन्छ । उनको ‘बडी ट्रान्सफर्मेसन’ वास्तवमै प्रशंसायोग्य छ । ट्विटरमा कंगनाले लेखेकी छन्, ‘म आफ्नो खुसी व्यक्त गर्दैछु कि केही समयमा नै जयललिताको महान गाथा सबैको सामु हुनेछ । ‘थलाइवी’ को यो पात्रका लागि मैले २० केजी तौल बढाएँ र फेरि त्यति नै घटाएँ । यो मेरो लागि सबैभन्दा ठूलो चुनौती थियो ।’
 
पहिलो तस्विरमा जयललिताको सुरुवाती दिनमा अभिनेत्री बन्नका लागि चुलबुलेपन देखिएको छ । दोस्रो तस्विरमा भरतनाट्यम नृत्य गर्दै देखिएकी उनलाई तेस्रो तस्विरमा तमिलनाडुको तस्विर बदल्न राजनीतिमा आफ्नो डंका पिटिरहेकी राजनीतिज्ञको रुपमा देख्न सकिन्छ । तस्विरमा कंगना दुरुस्तै जयललिता देखिएकी छन् । ए.एल.विजय निर्देशित फिल्म यही २३ अप्रिल रिलिज हुँदैछ । 
Most Visited News (monthly)